मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर ६ को सभामुखमा राजबहादुर शाही

आइतबार, २८ माघ २०७४, १३ : २५
आइतबार, २८ माघ २०७४

सुर्खेत–एमाले दैलेख २ ‘ख’ का सांसद राजबहादुर शाही प्रदेश नम्बर ६ को सभामुख बन्ने पक्का भएको छ । एमाले प्रदेश नम्बर ६ को  बैठकले उनको नाम सिफारिस गरेको हो । 

अहिले केहीबेरमा सभामुखका लागि मनोनयन दर्ता हुँदैछ । भोली अर्थात माघ २९ गते बस्ने संघीय बैठकमा सभामुखको निर्वाचन हुँदैछ । यसका लागि संसद सचिवालयले आज मनोनयन दर्ताको कार्यक्रम राखेको छ । बिहान १० बजेदेखि दिँउसो २ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ । 

बाम गठबन्धन बिच यस अघि नै भएको सहमती अनुसार प्रदेश नं. ६ मा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिने र एमालेलाई सभामुख दिइने सहमती भएको छ । उक्त सहमती अनुसार माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाही मुख्य मन्त्री बन्ने लगभग पक्का भएको छ । सभामुख चयनका लागि प्रदेश नंबर ६ एमालेका संसदीय दलका नेता यमलाल कडेँल र अर्का सांसद प्रकाश ज्वालालाई जिम्मेवारी दिइएको थियो । 
उपसभामुखको चुनाव ५ गते
प्रदेश नं. ६ मा भोली बस्ने संसद बैठकमा २ वटा कार्यसुची रहेको छ । दिँउसो १ बजे बस्ने बैठकले सभामुखको निर्वाचन गर्ने र उपसभामुखको निर्वाचनका लागि फागुन ५ गते बैठक बोलाउने कार्यसुची रहेको संसद सचिवालयका प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । भोली निर्वाचित हुने सभामुखले प्रदेश प्रमुखसँग सपथ लिने ब्यवस्था छ । सपथ पछि सभामुखले कार्यभार सम्हाल्ने छन् । 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप