आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रदेश ग्राउन्ड–५ : मन्त्रीका आकाङ्क्षी को–को, लडाइँ छ यस्तो

आइतबार, २८ माघ २०७४, ११ : १८
आइतबार, २८ माघ २०७४

तेजेन्द्र केसी
 

बुटवल– राज्यको नयाँ संरचनाअनुसार बनेको ५ नं. प्रदेशमा सरकार गठनको तयारी सुरु भएको छ । संविधान कार्यान्वयनको चरणमा ५ नं. प्रदेशमा मुलुककै पहिलो मुख्यमन्त्री यस प्रदेशबाट चयन गर्ने तयारी भएको छ ।

मुख्यमन्त्रीमा लागि यसअघि नै एमाले नेता शङ्कर पोखरेल संसदीय दलको नेता भएका छन् । एमाले माओवादी संसदीय दलले औपचारिक रूपमा प्रदेश प्रमुखसमक्ष सरकार गठनका लागि दाबी प्रस्तुत गर्दैछ ।
मुख्यमन्त्री तय भए पनि  ५ नं. प्रदेशमा मन्त्री बन्न चाहने आकाङ्क्षी चाहिँ धेरै देखिएका छन् । मुख्य मन्त्रीको शपथसँगै तीन सदस्यीय सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत भएको छ ।

संविधानतः निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणा गरेको ३० दिनभित्र प्रदेश प्रमुखले बहुमत प्राप्त ठूलो दललाई सरकार गठनका लागि आह्वान गर्ने व्यवस्था रहेको छ । यस प्रदेशमा कूल ८७ जना प्रदेश सदस्यमध्ये एमालेका ४१ र माओवादी केन्द्रका २० जना सदस्य रहेका छन् । एमाले–माओवादी गठबन्धनको सहमतिअनुसार यस प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने टुङ्गो लागिसकेको छ ।  कानुनतः सांसद सङ्ख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रालय गठन गर्नुपर्ने छ । प्रदेश नं ५ ले ९ भन्दा नबढ्ने गरी मन्त्रिमण्डल बनाउने तयारीमा एमाले–माओवादी गठबन्धनमा रहेका छन् । यहाँ फागुन २ मा सभामुख चयन हुँदैछन् ।

मन्त्रीको दौडमा को–को छन् ?
 

बैजनाथ चौधरी : चर्चा मुख्य मन्त्रीको तर मन्त्री पक्का

एमालेबाट मन्त्रीको चचार्मा प्रदेशसभा सदस्य नवलपरासीका बैजनाथ चौधरीको धेरै छ । सुरुमा उनलाई मुख्य मन्त्रीको रूपमा अधि पनि सारिएको थियो । पछि शंकर पोखरल मुख्य मन्त्री बनेपछि उनलाई राम्रो मन्त्रालय दिने सर्तका मनाएको  एमाले स्रोतको भनाइ छ ।

५नम्बर प्रदेशभित्र पार्टीमा सिनियर पनि हुन् । सुरुमा उनी माधव नेपाल समूहका भए पनि पछिल्लो समय ओली समूहमा छन् ।

उनको ५ नम्बर इन्चार्ज विष्णु पौड्यलेसँग पनि सम्बध राम्रो छ । अर्कोतिर थारु भएका कारणले जातीय सन्तुलन मिलाउँदा पनि उनी मन्त्री हुने पक्का जस्तै छ  ।

गृह अथवा अर्थमन्त्रालय जुन दिए पनि मुख्यमन्त्रीपछिको वरीयतामा उनको दाबी छ ।  

रूपन्देहीका लीला गिरी : ओली समूह पार्टीमा सिनियर
रूपन्देही क्षेत्र नम्बर २ को ‘क’बाट  बिजेता लिला गिरी मन्त्री दौडमा रहेका एमाले अर्को  नेता हुन् । ओली समूह र पार्टीमा  सिनियर दुवै उनका लागि मन्त्री छनौटमा बलिया आधार हुन् ।

लामो समय पार्टी जिल्ला समाल्दै पोटिलब्युरो सदस्य बनेका गरीले पार्टीभित्रको योगदानको आधारमा आफूले मन्त्री पाउने दाबी गरेका छन् ।

काग्रेस नेता बालकृष्ण खाणँसग प्रतिनिधिसभा निर्वाचन ६४ मा पराजित बनेका गिरी अहिले प्रदेशसभामा भारी मत अन्तर बिजेत बनेका थिए । उनले २१ हजार मत ल्याएका थिए । उनका निकटम प्रतिद्वन्द्वीले १० मत ल्याएका थिए । स्थानीयदेखि केन्द्रीय नेटवर्क मिलाएका उनी मन्त्री बन्ने सम्भवाना निकै बलियो रहेको  छ ।

विष्णु पन्थी : नेपाल र मुख्य मन्त्रीको माया
कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ एमालेका विष्णु पन्थीले काँग्रेसका पूर्णप्रसाद चौधरीलाई करिब ९ हजार मतान्तरले हराउँदै  प्रदेशसभा निर्वाचित बनेका थिए । अहिले मन्त्री बन्नको निकै लागि परेका छन् ।  
पन्थी माधव नेपालको समूहका रूपमा चिनिन्छन् । भने मुख्य मन्त्री शङ्कर पोखरले पनि उनलाई रुचाएका छन् ।

अध्ययशील पन्थी पार्टीको आन्तरिक भागबण्डा मिलाउँदा पनि मन्त्री पर्न सक्ने व्यति हुन् । भने क्षेत्रीय सन्तुलन मिलाउँदा पनि कपिलवस्तुबाट उनी मात्रै मन्त्रीको समूह छन् । एमाले केन्द्रीय लेखा आयोगमा सदस्य भइसकेका पन्थीले अर्थ मन्त्रालयमा दाबेदारी दिएका छन् । तर अर्थ मन्त्रालय एमालेको भाग हुने कि माओवादी अझै टुङ्गो लागेको छैन । पन्थीको भने मन्त्री बन्ने आशा तीव्र छ  ।

गुल्मीका कमल श्रेष्ठ : पुराना र नेपाल गुट संरक्षण
 

गुल्मीका कमल श्रेष्ठ पनि पुराना नेता हुन् । पार्टीको प्रदेशमा  सिनियरसँगै माधव नेपाल समूहको उनलाई समर्थन रहेको छ । भने अर्कोतिर गुल्मीका एमाले सचिव गोकर्ण बिष्ट र प्रदीप ज्ञवाली पनि जिल्लावासीको नाताले सर्मथन गरेका छन् ।  उनी २०५१ सालमा गुल्मीबाट प्रतिनिधिसभा निर्वाचित भइसेका नेता हुन् । पार्टी जिम्मेवारी र केन्द्रीय नेटवर्कमा कारण मन्त्री पाउने सम्भावन छ । उनले भौगोलिक रूपमा पनि आफूले पाउनु पर्ने दाबी जारी राखेका छन् । गुल्मी क्षेत्र नम्बर २ को ‘ख’बाट १७ हजार मत ल्याएर विजयी बनेका हुन् ।

एमालेबाट अन्य नेता पनि मन्त्रीको रेसमा छन् ।

रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे दाबेदार देखिएका छन् ।

महिलाबाट बर्दियाकी कृष्णी थारू र रूपन्देहीकी विमला पन्थी पनि दाबेदार हुन् ।

एमालेबाट भूमिश्वर ढकाल र भगवती भण्डारीले पनि मन्त्रीका लागि दाबेदारी गरेको एक सांसदले जानकारी दिए ।

५ नम्बर प्रदेशमा माओबादीबाट ६०–४० को  भागवन्डा गर्ने समहती भएको छ । गुल्मी सुदर्शन बराल भने अझै भाग भण्डा नटुङ्गिएको दाबी गर्छन् । सभामुखसहित कन्तीमा ३  फूल मन्त्री माओवादीले पाउने छ
५ नम्बरमा २० सिट माओवादीको छ । जसमा १३ जनाले विभिन्न पदको विशेष दौडघूप गरेका छन् ।

दधिराम न्यौपाने शर्मा : प्रचन्डको आशीर्वाद

दधिराम न्यौपाने शर्मा (माधव) रूपन्देही क्षेत्र १ ‘ख’बवाट प्रदेशसभा निर्वाचित हुन् । शर्मा मन्त्री पाउनका लागि निकै कस्सिएर लागेका छन् । सिनियर र क्षेत्रगत सन्तुलनको आधारमा मन्त्री पाउनुपर्ने दाबी गरिहेका छन् ।

पार्टीभित्र इमानदार छवि बनाए न्यौपाने सिनियर पनि हुन् । अर्कोतिर प्रचण्डको आशीर्वादसमेत रहेको छ । उनी टोपबहादुर रायमाझी र चक्रपाणि खनाल (बलदेव) दुवै नेताले माया गर्नेमध्येका हुन् । उनले सभामुखको दाबी गरे पनि मुख्य दौड चाहिँ मन्त्रीको नै हो ।

अर्कोतिर भूगोल मिलाउन पनि नवलपरासी, कपिलवस्तु र रूपन्देहीबाट उनी एक्का दाबेदार हुन् । माओवादी राप्तीतिर धेरै मन्त्रीका दाबेदार पनि अवधराज्यमा न्यौपाने मात्र मुख्य दाबेदार रहेका छन् । तथर्स उनले पाउने सम्भावन छ । यद्यपि राजनीतिमा आजको समर्थन  भोलि विरोधमा पनि जानसक्ने भएकाले  दौडमा रहेकाहरूले ढुक्क हुनेभन्दा पनि निरन्तरता जारी राख्नुपर्ने बुटवल बहुमुखी क्यापसमा राजनीति शास्त्रका प्राध्यापक  माधव पन्थी बताउँछन् ।

सुदर्शन बराल : सके सभामुख नभए मन्त्री पक्का
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका गुल्मी क्षेत्र नम्बर १ ‘क’का सुदर्शन बरालले प्रदेशसभामा १७ हजार मल ल्याउँदै विजयी बनेका हुन् ।

६४ सालमा समेत प्रतिनिधि सभा सदस्य गुल्मी क्षेत्र नम्बर १ बाट बनेका बराल विद्यार्थी राजनीतिबाट माओवादी स्थापनासँगै पार्टी राजनीतिमा प्रवेश गरेका हुन् ।

उनी सभामुखको दौडमा छन् । सुरुदेखि सभामुखको दाबी गरेका बराल प्रचन्ड निकट पनि हुन् । स्थापानकालदेखि नै पार्टीलाई अनेक  जिम्मेवारी सम्हाल्दै आएका बराल सभामुख दिनुपर्ने आडनमा छन् ।

यदि सभामुखका प्रदेश संयोजक पूर्ण घर्र्तीलाई प्रदान गरे उनलाई मन्त्री दिने तयारी माओवादीभित्रको  ठूलो तप्काले गरेको छ । कानुनसमेत अध्ययन गरेका बराल सभामुख नै मुख्य तारो भएको बताए । उनले सुरुदेखि नै सभामुखमा मैले पाउने माग  पार्टी भित्र भइरहेको बताए ।
  
तुलाराम घर्तीमगर : मगरात बलियो आधार
पाल्पा २ ‘ख’ माओवादी केन्द्रबाट चुनाव जितेका तुलाराम घर्तीमगर मन्त्री बन्नका लागि दौडिरहेका छन् ।
उनको सम्भावना पार्टीभित्र माओवादी पार्टी छुटाएको मगरात राज्यबाट पर्ने कोटा मुख्य आधार हो । अर्को आधार  नेताहरू सम्बधन पनि हो । तर पार्टी  प्रचण्ड धारभन्दा अन्य धारबाट नेताहरूसँग सम्बध रहेको छ । जहाँ नेतहरू आन्तरिक गुठ मिलाउँदा पनि पर्न सक्छन् ।

उनको वर्षमान  पुनः रामबहादुर थापा सबैसँग राम्रो सम्बधन रहेको दाबी गर्छन् । हिजो के कताभन्दा पार्टीलाई दिएको जिम्मेवारी पूरा गर्न सक्छ कि सक्दैन भन्ने ठूलो विषय  भएको उनी दाबी गर्छन् । उनले पाल्पाबाट २ को ‘ख’बाट काङ्ग्रेसका रामबहादुर कार्कीलाई ५ हजार मतअन्तरले हराउँदै बिजेता बनेका हुन् । पार्टीले अवध मगरात एक एक मन्त्री दिने  विषयमा पनि छलफल चलाएको छ । यदि मगरातबाट मन्त्री बनेको घर्र्तीमगर पर्ने सम्भावान छ ।

पूर्णबहादुर घर्ती : सके सभामुख नत्र मन्त्री पक्का
रुकुमपूर्व २ का पूर्णबहादुर घर्तीले प्रदेशसभाको निर्वाचनमा काँग्रेसका दन्तबहादुर बस्नेतलाई आधा मतअन्तरले हराउँदै विजेत बनेका हुन् ।
उनले ५ हजार ८११ मत ल्याएका थिए भने बस्नेतले ३ हजार १११ मत ल्याएका थिए ।

पार्टीको प्रदेश प्रमुख संयोजक पूर्णबहादुर घर्र्ती सभामुख पाउनुपर्ने दाबीमा छन् ।  सिनियर पार्टी जिम्मेवारी सबै हिसाबले सभामुख पाउनुपर्ने उनको तर्क छ । उनलाई केन्द्रमा रामबहादुर थापादेखि पम्फा भुसाल समूहको राम्रो समर्थन रहेको छ । उनले सभामुख नभए राम्रो मन्त्रालयमा पाउने छन् ।
 
कृष्णध्वज खड्का : पार्टीलाई महत्वपूर्ण अवस्थामा योगदान गरेको
प्युठान प्रदेशसभा ‘ख’बाट माओवादीका कृष्णध्वज खड्का  मन्त्रीको दौडघुपमा रहेका अर्का नेता हुन् ।

पोलिटब्युरो सदस्यसमेत रहेका खडुका विद्यार्थी राजनीति हुँदै  पार्टीमा लामो समय काम गरेकाले आफूले  पाउनुपर्ने दाबी गर्छन् । केन्द्रीय नेताहरूसँग राम्रो समन्ध रहेका घर्र्तीको प्रचण्डसग पनि राम्रौ हिमचिम छ । उनले सिनियर, पार्टीभित्रको योगदान, भौगोलिक हिसाबले गर्दा आफूले  पाउनुपर्ने दाबी गरेका छ ।

माओवादीभित्र अरू पनि छन् मन्त्रीको दौडमा
पार्टीभित्र दाङकी दामा शर्मा र इन्द्रजित चौधरी, बर्दियाका तिलकराम शर्मा, रुकुमका तेजबहादुर ओली मन्त्रीका दाबेदार हुन् ।

एमाले र माओवादीबीच सरकारमा ७० र ३० प्रतिशत मन्त्रालय लिने मोटामोटी सहमति भए पनि आफूहरूका धेरै सिनियर नेता भएको भन्दै माओवादीले यो सहमतिमा चित्त नबुझाउने सङ्केत गरेको छ ।

तीन मन्त्री पाएमा माओवादीले साबिकका राप्ती, भेरी र लुम्बिनीबाट एक–एकजनालाई मन्त्री बनाउने तयारी गरेको छ । भावी मुख्यमन्त्री शङ्कर पोखरलसँगै दुवै पार्टीका  एक एक जनालाई शपथग्रहण गराउने तयारी अहिलेसम्म रहेको माओवादी नेता बलदेवले बताए । उनले प्रदेशमा मन्त्रीको दौडमा आएकाहरूलाई बिस्तारै मिलार लैजाने बताए ।

पार्टीभित्रका साथीहरूलाई अन्याय नहुने गरी  जिम्मेवारी दिने अध्यक्ष प्रचण्डको पनि निर्देशन छ । हामीले पनि सोहीअनुसार नै  तयारी गरेका छौँ, उनले भने  ।

प्रदेश नं. ५ को सभामुख पेचीलो लडाइँ,  सुदर्शन कि पूर्णबहादुर

माओवादीभित्र  ५ नम्बर प्रदेशमा सभामुख छनौठ विषय पनि  पचिलो बनेको छ ।

प्रदेशको सभामुख पद माओवादी केन्द्रले पाउने  वाम गठवन्धनबीच समझदारी छ । यो प्रदेशमा वाम गठवन्धनको स्पष्ट बहुमत छ ।

मुख्यमन्त्री एमालेले पाउने भएपछि सभामुख पद माओवादीको भागमा परेको हो  तर  पटक पटक बसेको वैठकले समेत टुङ्ग्याउन सकेको छैन ।

गुल्मीका प्रदेश सांसद सदस्य सुदर्शन बराल र माओवादी केन्द्रका प्रदेश ५ का संयोजक पूर्णबहादुर घर्तीबीच यो पदमा मुख्य लडाइँ छ । उनीहरू आफ्नै ढङ्गबाट सभामुखका लागि लबिङ गरिहेका छन् ।  यहाँ मन्त्रीको लागि सभामुखका लागि निकै दौडघुप भइरहेको छ ।

सुदर्शन अध्यक्ष प्रचण्ड पक्षका हुन् भने पूर्णबहादुर रामबहादुर थापा पक्षका मानिन्छन् ।

प्रदेश ६ र ७ मा प्रचण्ड पक्षकै नेताहरू मुख्यमन्त्री बन्ने भएपछि माओवादीले सभामुख पाउने प्रदेश ४ र ५ मा बादल पक्षले सभामुख पद आफ्नो पक्षले  पाउनुपर्ने दाबी पेश गरेको  पार्टीको एक प्रदेशसभा सदस्यले बताए छ ।

सुदर्शन कानुन पढेका, माओवादीमा निरन्तर क्रियाशील भई तीन पटकसम्म सांसद बनेका व्यक्ति हुन् । घर्र्ती पनि पार्टीमा महत्वपूर्ण योगदान गरेका सिनियर व्यक्ति हुन् ।

पार्टीको यही २८ गते बस्ने संसदीय दलको वैठकले कसलाई उम्मेदवार बनाउने भनेर टुङ्गो लगाउने बताएको छ ।  यस्तै वैठकले रोल्पाका कुलबहादुर केसीलाई संसदीय दलको नेता चयन गर्ने करिब निश्चित छ । आगामी  फागुन २ गते सभामुखको निर्वाचन हुँदैछ ।

यसरी चल्दैछ  प्रक्रिया
फागुन २ गतेका लागि प्रदेशसभाको दोस्रो बैठक आह्वान भएको छ । सोही दिन सभामुखको मनोनयन हुने गरी कार्यतालिका बनेको छ । सभामुख निर्वाचनसँगै मुख्यमन्त्री चयनको प्रक्रिया अगाडि बढ्ने छ ।

यहाँ नेकपा एमालेका ४१ जना, माओवादी केन्द्र २०, नेपाली काङ्ग्रेसका १९, सङ्घीय समाजवादी फोरम ५, राष्ट्रिय जनमोर्चा १ र राष्ट्रिय जनता पार्टी १ गरी ८७ जना सांसद छन्  माओवादी र एमालेबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीले पाउने गरी सहमति भइसकेको छ ।

कानुनअनुसार सांसद सख्याको २० प्रतिशत नबढ्ने गरी मन्त्रीमण्डल गठन गर्नुपर्ने हुन्छ । तर वाम गठबन्धनले अझै सानो मन्त्रिपरिषद् बनाउने तयारी गरेको छ । सो सहमतिअनुसार प्रदेश ५ को मन्त्रिपरिषद्

बढीमा ९ सदस्यीय हुनेछ

प्रदेशमा कुल सदस्य सङ्ख्याको १० प्रतिशत नबढ्ने गरी मन्त्रिपरिषद् गठन गठन गर्ने गरी सहमति भइसकेकाले त्योभन्दा बढी नहुने एमाले उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले जानकारी दिए ।

कर्मचारी आउनमा ढिलाइ
प्रदेश मुकाम बुटवलमा खटिएका अधिकांश कर्मचारी अझै हाजिर भएका छैनन् । खटिएका कर्मचारीमध्ये निकै कम मात्र हाजिर भएका छन् । प्रमुख सचिव शङ्करप्रसाद पाठक, मुख्यमन्त्री कार्यालयका सचिव दीपेन्द्र काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराई, भूमि व्यवस्था, कृषि तथा सहकारीका सचिव यमनारायण देवकोटा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सूर्यकान्त सिग्देलसहितका कर्मचारी भने हाजिर भइसकेका छन् । प्रदेश सचिव शङ्कर पाठकले अन्य कर्मचारी पनि आउने तयारी भइरहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप