भर्ना अभियानमा अभिभावक
बिहीबार, १७ चैत २०७३, ०९ : १४
काठमाडौँ - नेपाल राष्ट्रिय अभिभावक सङ्घले आउँदो शैक्षिकसत्रको भर्ना अभियानका लागि विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन आफ्नो तर्फबाट अभिभावक परिचालन गर्ने भएको छ ।
सरकारी आँकडाअनुसार विद्यालय उमेरका अझै करिब चार प्रतिशत बालबालिका विद्यालयबाहिर छन् । सरकारले हरेक वैशाखमा यो अभियान सञ्चालन गर्दै आएको छ ।
सङ्घका अध्यक्ष धर्मदत्त देवकोटाको अध्यक्षतामा सम्पन्न पदाधिकारी बैठकले शैक्षिकसत्र २०७४ को भर्ना अभियानको समय आएकाले सबै जिल्ला समितिले व्यापकरुपमा अभिभावक परिचालन गरी भर्ना अभियानमा सामेल हुने र टोलछिमेकका कुनै पनि बालबालिका शिक्षाको पहुँचबाट बाहिर नरहून् र विगतमा भर्ना भएकाले बीचैमा विद्यालय नछोडून् भनेर ध्यान पु¥याउन अभिभावकलाई सचेत गराउने निर्णय पनि गरेको छ ।
सङ्घले संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड तथा निर्देशिका २०७३ को संशोेधन, पाठ्यपुस्तक उत्पादन तथा वितरणका सम्बन्धमा समीक्षा गरी शिक्षा मन्त्रालयलाई आफ्ना प्रतिबद्धता पूरा गराउन र कमजोरी पाइए दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जासुसी गरेको आरोपमा चीनमा पत्रकारलाई जेल सजाय
-
गगन थापाको दाबीप्रति वर्षमानको आपत्ति
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
-
च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने वा नजाने बारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
-
नरबिर खड्का सहित ९ जना अध्यागमन अधिकृतहरूलाई सफाइ