शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एचडीएनपी नेपालद्वारा पशुपतिनाथमा खाधान्न वितरण

आइतबार, २८ माघ २०७४, १० : ११
आइतबार, २८ माघ २०७४

 
काठमाडौँ । टेक्सास राज्यको ड्यालसमा स्थापित सामाजिक संस्था एचडीएनपी इन्टरनेसनलको शाखा एचडीएनपी नेपाल पशुपतिमा परिसरमा मागेर जीविको पार्जन गर्ने तथा घरबारबिहीन लाई खाधान्न वितरण गरेको छ । 

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले २ सय ५० जना भन्दा बढीलाई खाधान्न वितरण गरेको जनाएका छन् । 

संस्थाले हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई  बिशेष सहयोग प्रदान गर्दै आएको छ । यसै क्रमलाई निरन्तरता दिएको आचार्यले जनाएका छन् । 

पशुपतिनाथमा खाधान्न वितरणको समयमा खुशी बाँड्न सकियोस् भन्दै नाचगान समेत गरिएको थियो । 

टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना कालदेखि नै घरबारबिहीन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउँदै आएको छ । 

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवाको साथै उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफारहित सामाजिक संस्थामा दर्ता भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप