अनुराधा कोइरालाद्वारा प्रदेश तीनका सभामुखलाई सपथ
आइतबार, २८ माघ २०७४, ०९ : ५३

हेटौंडा । प्रदेश नम्वर ३ का नवनिर्वाचित सभामुख सानुकुमार श्रेष्ठलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले पद तथा गोपनियताको सपथ खुवाएकी छन् ।
शनिवार भएको सभामुख निर्वाचनमा श्रेष्ठ निर्विरोध निर्वाचित भएका थिए । निर्वाचन लगत्तै प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रम राखिएको थियो ।
कार्यक्रममा एमाले संसदीय दलका नेता तथा भावी मुख्य मन्त्री डोरमणी पौडेल, काँग्रेसका दलका नेता इन्द्र बाँनीया माओवादी केन्द्रबाट दलका नेता शालीकराम जम्मरकट्टेल तथा प्रदेश सदस्यहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बनेपा उपमेयर कप महिला भलिबलको उपाधि ललितपुरलाई
-
मारक्रम र पुरन चम्किँदा लगातार जितिरहेको गुजरातको यात्रामा ब्रेक
-
पत्रकार मञ्चद्वारा १५ जना पत्रकारलाई पुरस्कार तथा सम्मान
-
७७ ओटै जिल्लामा नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो
-
आयोगको पदाधिकारी सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति होस् : उपमहासचिव ज्ञवाली
-
जब जलेश्वरी श्रेष्ठको नागरिकता सरकारी कार्यालयमा चलेन