सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने
बुधबार, १६ चैत २०७३, ०९ : २०
भक्तपुर - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ ।
सीटीईभीटीले मङ्गलबार यहाँ आयोजना गरेको व्यावसायिक पाठ््यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो ।
तीन महिना अर्थात ३९० घण्टाको प्राविधिक शिक्षा सञ्चालन भइरहेको कोर्सलाई बढाएर सीटीईभीटीले एकवर्षे अर्थात १६०० घण्टासम्म पु¥याउने भएपछि पाठ्यक्रम परिमार्जन गर्ने भएको सीटीईभीटीका सदस्य सचिव रमेश बखतीले बताए ।
छोटो अवधिको शिक्षाले पेशामा प्रभावकारिता नभएपछि प्राविधिक शिक्षाको अवधि र कोर्सलाई थपेर एकै व्यक्तिले कम्तीमा चारवटा पेशा वा सीप सञ्चालन गर्न सक्नेगरी पाठ्यक्रम परिमार्जन गरेर कक्षा सञ्चालन गर्ने भएको हो ।
सीटीईभीटीका सदस्य सचिव बखतीले भने– ‘सीटीईभीटीले आफ्नै शिक्षालयमार्फत यस वर्ष नमुनाको रुपमा २८० जना लोपोन्मुख जाति र चेपाङ्गलाई लक्षित गरी आगामी जेठको दोश्रो सातादेखि विशेष छात्रवृत्ति प्रदान गरेर यी विषयहरुमा कक्षा सञ्चालन गर्दैछ, यसलाई प्रभावकारी बनाउने गरी पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको टोलीबीच छलफल चलाएका हौँ ।’
विशेष छात्रवृत्तिअन्तर्गत सीटीईभीटीले छनौट भएका विद्यार्थीहरुलाई खाने बस्ने सुविधासहित मासिक ३,५०० प्रदान गर्नेगरी कक्षा सञ्चालन गर्ने भएको हो ।
आजको कार्यक्रममा व्यावसायिक पाठ्यक्रमको खाका प्रस्तुत गर्दै सीटीईभीटीअन्तर्गत पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीपक पौडेलले सम्बन्धित पेशागत सीपमा आधारित दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले पाठ्यक्रम तयार पार्न लागिएको बताउँदै प्लम्बिङ्ग, इलेक्ट्रिसियन, वेल्डर, कार्पेन्टरलगायतका पेशामा हाल देशमा कार्यरत विदेशी कामदारलाई प्रतिस्थापित गर्नु पाठ्यक्रम निर्माणको मुख्य उद्देश्य भएको बताए ।
कार्पेन्टर, वेल्डर, कुक र प्लम्बिङ्ग टेक्निसियन विषयमा पाठ्यक्रम निर्माण भएर त्यसमा सुधार गर्नुपर्ने भए एकसाता भित्र सुझाव पेस गर्नका लागि सीटीईभीटीका पदाधिकारी, उद्यमी, व्यवसायी, विज्ञ, दातालगायतका सरोकारवाला निकायबीच छलफल भएको हो ।
निर्देशक पौडेलले मेसन, मोटरसाईकल मेकानिक्स, आल्मुनियम फेब्रिकेटर र बिल्डिङ्ग इलेक्ट्रिसियन विषयमा पाठ्यक्रम निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाको दाबीप्रति वर्षमानको आपत्ति
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
-
च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने वा नजाने बारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
-
नरबिर खड्का सहित ९ जना अध्यागमन अधिकृतहरूलाई सफाइ
-
'महिला सम्मेलनबाट पारित सवाललाई संसद्ले गहिरो रूपमा लिएनन्'