समाजवाद अध्ययन केन्द्रद्वारा चिसापानी अस्पताललाई सहयोग

बर्दघाट । समाजवाद अध्ययन केन्द्र भक्तपुरले नवलपरासीको बर्दघाट नगरपालिका स्थित चिसापानी सामुदायीक अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
केन्द्रले अस्पतालमा आउने बिरामीको उपचार सेवामा सहयोग पु¥याउने उद्देश्यले ईमरजेन्सी टर्ली, नेबुलाईजर मेसीन, बाफ लगाउने मेसिन लगायतका महत्पुर्ण स्वास्थ्य प्रविधि सामाग्रीहरुहरु सहयोग गरेको हो ।
शनिवार आयोजित एक समारोहबीच केन्द्रले ल्याएको ति स्वास्थय प्रविधिका सामाग्रीहरु पुर्वगृह राज्य मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेलले अस्पताल विकास समितिका अध्यक्ष कुलदिप आचार्यलाई औपचारीक रुपमा हस्तान्तरण गरेका थिए ।
त्यसैबिच केन्द्रले गरिब तथा बिपन्न समुदायमा अपाङ्गता भएका ३ दर्जन ब्यक्तिहरुलाई ह्वीलचेयर र बैसाखी पनि बितरण गरेको छ । आर्थिक अभावका कारण भुईमा घस्रेर र हिलडुल गरिरहेका ब्यक्तिहरुलाई केन्द्रले निशुल्क ह्वील चेयर र बैसाखी बितरण गरेको केन्द्रका अध्यक्ष दुर्गा फुयालले जानकारी दिए ।
केन्द्रले नेपालका अन्य अस्पतालहरुमा स्वास्थ्यका प्रविधिक सामाग्रीहरु वितरण गर्दै आएको छ । कार्यक्रमा नेता कण्डेल, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले र जिल्लाका विभिन्न नेताहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोफीको शानदार प्रदर्शन, सुपर ओभरमा स्तब्ध बन्यो बैंगलुरु
-
क्रिकेटर दीपेन्द्रसिंह ऐरी एनएसएल फुटबलमा धनगढी एफसीको सद्भावनादूत नियुक्त
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो