‘पढ्न जाने’ मोबाइल एप्लिकेसन सार्वजनिक
शुक्रबार, ११ चैत २०७३, २१ : १४
काठमाडौं, चैत ११ – नेपाल र विदेशमा उच्च शिक्षा पढ्न चाहनेहरुलाई चाहिने सबै जानकारीहरु एकैठाँउमा पाइने भएको छ । नेपालमा तथा विदेशमा गएर पढ्न चाहानेहरुको लागि स्थापना भएको सोसियल इनोभेसन हब विकास उद्यमीले ‘पढ्न जाने’ नामको मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो ।
स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयहरु तथा तिनमा रहेका विभिन्न कोर्सहरु, छात्रवृत्तिहरुसँगै आवेदन दिने विभिन्न प्रकृयाहरुको बारेमा जानकारी पाउन सकिने कम्पनीले जनाएको छ । सार्वजनिकरण कार्यक्रममा अष्ट्रेलियाको लागि नेपाली राजदूत महामहिम श्री लक्की सेर्पा, खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष श्री माधव ढुंगेल र गेट कलेजका सिईयो श्री खेम लकाईको सहभागीता रहेको थियो । कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न कलेजहरुमा अध्ययन गर्ने १५० भन्दा धेरै विद्यार्थीहरूको उपस्थिति थियो ।
एन्ड्रोइड मोबाइलको गुगल प्ले स्टोर बाट डाउनलोड गर्न सकिने उक्त एप नेपाल, अमेरिका, जापान र अष्ट्रेलियमा उच्च शिक्षा पढ्न चाहने विद्यार्थीहरूलाई प्राविधिक तथा व्यावसायिक शिक्षा र ट्रेनिङ ईन्स्टिच्युटहरु, कलेज, युनिभर्सिटी र छात्रवृत्तिका अवसरहरू खोज्न सहयोग पुर्याउने उद्देश्य लिएको छ ।
यसका साथै एप्लिकेसन प्रकृया, विदेश जान चाहिन सामाग्रीहरू तथा विदशमा बस्दा बिचार पुर्याउनुपर्ने कुराहरूको बारेमा पनि यसले जानकारी दिने जनाएको छ । यसको निर्माण सर्च ईन्जिनको सुविधामार्फत ४०० भन्दा धेरै स्कुल¸ १००० कलेजहरु¸ ४०० युनिभर्सिटीहरु र १६०० भन्दा धेरै फन्डिङ अवसरहरुबाट छानेर त्यहाँको डिग्री, विषय, लोकेसन, तिर्नुपर्ने पैसा, पुर्याउनुपर्ने सर्तहरू तथा डेडलाइनको आधारमा फिल्टर गर्न सकिन्छ । म्याच मेकिङ सुविधाबाट आफ्नो शैक्षिक तह, इच्छा र आर्थिक हैसियतअनुसार आफूलाई सुहाउँदो युनिभर्सिटीसँग म्याच गर्न पनि सकिन्छ । विद्यार्थीहरूले यसमा आफ्नो खाता बनाउन¸ मनपरेको शैक्षिक संस्था¸ छात्रवृत्ति र अन्य जानकारीहरुलई फेबरेट बनाएर सेभ गर्न सक्छन् । त्यस्तै, एकीकृत क्यालेन्डर र प्लानर सुविधाबाट डेडलाईनहरु सकिन लागेको बारेमा नोटिफिकेसन आउने छ । । यतिमात्र नभई विदेश जानेहरुलाई पर्सनल स्टेटमेन्ट, रिज्युमी तथा अन्य कुराहरू लेख्ने टिप्स दिएर व्याक्तिगत पोर्टफोलियो बलियो बनाउन पनि यसले मद्धत गर्छ ।
देशहरुसँग सम्बन्धित छुट्टाछुट्टै जानकारीहरुले निवेदन दिने विद्यार्थीहरूलाई विदेशमा ध्यान दिनुपर्ने कुराहरु, स्वास्थ्य टिप्स, लगायत अन्य सुरक्षासँग सम्बन्धी जानकारीहरू पनि यसले प्रदान गर्दछ । पढन् जाने एल्लिकेसनको प्रयोगबाट विकास उद्यमीले छरिएर रहेका उच्च शिक्षाका अवसरहरुलाई एकैठाँउमा ल्याउँदै त्यसको जरुरी पर्ने विद्यार्थीहरुलाई एकैठाँउबाट अपडेटेड सूचनाहरुको पँहुच दिने उद्देश्य लिएको जनाएको छ ।
विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा प्रोफेसनलहरु संलग्न भएको सोसियल ईनोभेसन हब हो जसमा युवाहरूले फरक तरिकाले विकास गर्नको लागि उद्यमशील सोचहरु साटासाटगर्न सक्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआईका विषयमा पर्याप्त र खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ : नेता कोइराला
-
प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक एजेण्डा के छन् ?
-
जासुसी गरेको आरोपमा चीनमा पत्रकारलाई जेल सजाय
-
गगन थापाको दाबीप्रति वर्षमानको आपत्ति
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा