दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित
बिहीबार, ०३ चैत २०७३, १३ : ०६
इलाम – आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा(एसइई) इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।
समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ । कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन् । एक्जाम्टेडतर्फ तीन सय १४ र आंशिकतर्फ (डी र इ ग्रेट ल्याउने) एक सय ५० जना गरी पाँच हजार ५२८ जना परीक्षार्थी सामेल भएका छन् ।
इलाममा यसवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । विद्यार्थी सङ्ख्या नपुगेका कारण यसपटक सातवटा परीक्षा केन्द्र कटौती गरिएको जिशिकाका प्राविधिक सहायक अम्बिका खनालले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआईका विषयमा पर्याप्त र खुला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ : नेता कोइराला
-
प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक एजेण्डा के छन् ?
-
जासुसी गरेको आरोपमा चीनमा पत्रकारलाई जेल सजाय
-
गगन थापाको दाबीप्रति वर्षमानको आपत्ति
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा