आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला सुरु (फोटोफिचर)

शुक्रबार, २६ माघ २०७४, १४ : २५
शुक्रबार, २६ माघ २०७४

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट ‘नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ सुरु भएको छ । 

भवन निर्माणका लागि आवश्यक सबै खालको सामग्रीबारे जानकारी दिने उद्देश्यले अन्तराष्ट्रिय स्तरको ‘नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ आयोजना गरिएको हो । मेलाको उदघाटन गर्दै उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री कमल थापाले नेपालको पूर्वाधार विकासमा मेला सहयोगी हुने विश्वास व्यक्त गरे ।

उनले मेलाबाट नेपालको पूर्वाधार विकासका लागि आवश्यक सामग्रहरुबारे जानकारी लिन सकिने पनि स्पष्ट पारे । उपप्रधानमन्त्री थापाले रेल वे, उर्जा विकासको माध्यामबाट नेपाललाई समृद्ध बनाउने सरकारको योजना पूरा गर्न पनि यस्ता खालका मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे ।

नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले नेपालको समृद्धिको अभियानमा साथ दिन मेलामा आफ्नो मुलुक पनि सहभागी भएको स्पष्ट पारे । उनले नेपालको पूर्वाधार विकासमा मेला सहयोगी हुने विश्वास पनि व्यक्त गरे ।

३ दिनसम्म चल्ने मेलामा भवन निर्माण र सोसँग सम्बन्धित सबै सामग्रीहरुबारे विस्तृत जानकारी लिने व्यवस्था गरिएको मिडिया स्पेस सोलुशन प्रालिका महाप्रबन्धक सृजल भट्टराईले जानकारी दिए । मेलामा भारत, चीनलगायत १५ भन्दा बढि राष्ट्रका व्यवसायीहरु सहभागी भएका छन् । मेलाले भूकम्पपछिको पुनर्निर्माणमा पनि सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप