क्षतिग्रस्त विद्यालय भवनको पुनःनिर्माण
सोमबार, २३ फागुन २०७३, ०९ : १९
पर्वत - दक्षिण पर्वतको रानीपानीमा भूकम्पले ध्वस्त बनाएको एक विद्यालयको भवन रोटरी क्लबले पुनःनिर्माण गरिदिएको छ ।
दुई वर्षअघि विनाशकारी भूकम्पले भत्काएको स्थानीय जनता आधारभूत प्राथमिक विद्यालयको भवन रोटरी क्लब अफ द हिमालयन गोर्खाजले पुनःनिर्माण गरिदिएको हो ।
क्लबले १५ लाख ६६ हजारको लागतमा चार कोठे दुई तले भवन निर्माण गरिदिएको हो । भूकम्पले भवन भत्काएपछि चौरमा पढाउनुपर्ने अवस्था भएकाले क्लबले पक्की भवन निर्माण गरिदिएको विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पराजुलीले जानकारी दिए ।
पर्वत जिल्लामा भूकम्पबाट अति प्रभावित रानीपानीमा विद्यालयमा समेत क्षति पुगेको देखेपछि भवन निर्माणमा सहयोग गरेको क्लबका पूर्व अध्यक्ष नारायणप्रसाद गुरुङले बताए ।
यसैगरी जिल्ला शिक्षा कार्यालय पर्वतको आर्थिक सहयोगमा पनि विद्यालयमा थप तीन कोठे पक्की भवन निर्माण गरिएको छ । भूकम्पबाट क्षति भएका विद्यालय पुनःनिर्माणअन्तर्गत २६ लाख ५९ हजारको लागतमा भवन निर्माण गरिएको हो ।
जिशिका पर्वतको सहयोग १९ लाख ५० हजार र अन्य स्थानीय स्रोत सङ्कलन गरी भवन निर्माण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’