घन्टौं हिँडेर विद्यालय जान बाध्य बालबालिका घर नजिकै पढ्न थाले
शुक्रबार, २० फागुन २०७३, ०९ : ३०
पाल्पा - जिल्लाको दुर्गम र विकटमा रहेको सहलकोट गाविस–८ को थाममा विदेशी नागरिकको सहयोगमा बालविकास केन्द्रको भवन निर्माण भएको छ ।
जापानी नागरिक इति ओकोको तीन लाख सहयोग, सहलकोट गाविसको ५५ हजार दुईसय ६१ र स्थानीयवासीको ५५ हजार सातसय ८५ बराबरको श्रमदान गरी चारलाख ११ हजार ४६ को लागतमा भवन निर्माण गरिएको हो ।
दुईकोठे नवनिर्मित भवनमा फर्निचर सहित शौचालय र खानेपानीको सुविधा छ । दैनिक एक घन्टा पैदल हिँडेर विद्यालयमा जान बाध्य बालबालिका घर नजिकैको बालविकास केन्द्रमा बसेर शिक्षा लिन पाउँदा उनीहरुमा खुसी छाएको छ । शिक्षा, स्वास्थ्य, सडक लगायतका आधारभूत सेवासुविधाबाट टाढा रहेका यहाँका स्थानीयवासीले नजिकै बालविकास केन्द्र, विद्यालय नहुँदा उनीहरुकै भविष्यकै निम्ति पनि गाउँ छोड्न बाध्य थिए । तर अहिले भने यो समस्या तत्कालका लागि हटेको स्थानीयवासीले बताएका छन् ।
आमाको दूध चुस्दै गरेका ३ देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई दैनिक एक घन्टाको उकालो–ओरालो गरेर सहलकोट गाविस–९ को बालहित मावि आनन्दीभन्ज्याङमा पुग्न त्यति सहज थिएन । विद्यालय टाढा रहँदा अभिभावकले पनि बच्चाबच्ची विद्यालयसम्म पु¥याउन निकै समस्या झेल्दै आएका थिए ।
स्थानीयवासी, अभिभावक, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाको पहलमा सुविधासम्पन्न भवन निर्माण गर्न सफल भएको बालविकास केन्द्रका अध्यक्ष तुलबहादुर कानुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान