दृष्टिविहीन बालबालिकालाई निःशुल्क शिक्षा
बिहीबार, १९ फागुन २०७३, ०९ : ०५
राजविराज - सप्तरीको गम्हरिया प्रवाहा गाविसका चारजना दृष्टिविहीन बालबालिकाले निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर पाएका छन् ।
सप्तरी युथ नेपालले दृष्टिबिहीन चारजना बालबालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले बताए ।
चारै जना बालबालिकाको लालनपालन तथा निःशुल्क शिक्षादीक्षासमेत दिने बताइएको छ । गम्हरिया प्रवाह गाविसमा रहेका दृष्टिबिहीन परिवारमध्ये शम्भु मण्डलकी ११ वर्षीया छोरी रञ्जना, १० वर्षीया छोरी सन्तोषी र शिवनारायण मण्डलकी १३ वर्षीया छोरी राधाकुमारी तथा लक्ष्मण मण्डलकी १० वर्षीया छोरी नितुकुमारीलाई बाल आश्रयस्थलमा राखेर निःशुल्क लालनपालन र शिक्षादीक्षा दिइने व्यवस्था मिलाइएको सप्तरी युथ नेपालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान