‘एक क्षेत्र एक मार्ग’ अवधारणामा गृहकार्य गर्न चीनको आग्रह
काठमाडौँ – चीनले नेपाललाई ‘एक क्षेत्र एक मार्ग’(ओबिओआर)को अवधारणाबाट लाभान्वित हुन प्रोत्साहन गर्दै त्यस दिशामा आवश्यक गृहकार्य गर्न आह्वान गरेको छ ।
चीन अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यु होङले यस क्षेत्रका जनता, बजार, आर्थिक तथा संस्कृतिलाई संयोजन गर्दै आर्थिक सहकार्यमा गति दिन अगाडि बढाइएको योजनाबाट नेपालले फाइदा लिन सक्ने बताइन् ।
चिनियाँ राजदूतले सन् २०१३ देखि चीनले अगाडि बढाएको उक्त अवधारणा महत्वपूर्ण विषय भएको बताउँदै यसबाट दक्षिण, दक्षिण पूर्वी, पूर्वी, मध्य तथा मध्य पूर्वी एसियाली क्षेत्र जोडिने जानकारी दिइन्।
सो अवधारणाले मूर्तरुप लिएपछि भौतिक विकास मात्र नभई जनता जनताबीचको सम्बधलाई थप प्रगाढ बनाउने बताउँदै उनले चीनको बेइजिङमा हुने ओबिओआर अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट उच्चस्तरको सहभागिता हुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा चीन अध्ययन केन्द्रका कावा अध्यक्ष सुन्दरनाथ भट्टराईले केन्द्रले सन् १९९९ देखि नेपाल–चीनबीच सहकार्यका लागि बहस, छलफल तथा विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । केन्द्रले आगामी दिनमा ‘एक क्षेत्र एक मार्ग’का विषयमा बहस गर्ने जानकारी उनले दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा विधेयक र शिक्षकका समस्या समाधानमा माओवादीले पहल गर्ने
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?
-
ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते