बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, १८ फागुन २०७३, ०६ : ३३
विराटनगर - यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको आज मृत्यु भएको छ ।
को ४ प २४९८ नंको मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०.३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख४९०९ नंको यात्रुवाहक बसले ठक्कर दिएपछि उनी घाइते भएकामा उपचारका लागि न्युरो अस्पताल लाने क्रममा बाटामै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बससहित चालक प्रहरीको नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?