लुम्बिनीसँग जोड्ने सडक योजना निर्माण सुरु
बुटवल - रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल निर्माण प्रारम्भ भएका छन् ।
सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन् ।
ती योजनाले रुपन्देहीको पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र जिल्ला सदरमुकामसँगको दूरी छोटिने भएको छ । यी सडक योजनाको लागत रु एक अर्ब १५ करोड ८२ लाख ८३ हजार १६५ रहेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ ।
यस्तै सैनामैना–१ कर्साघाटमा दानव नदी माथि पुल तथा सेमलार जोड्ने सडक करिब रु १४ करोड ६० लाख पाँच हजार ४४४को लागतमा निर्माण गरिने भएको छ । एकसय अठ्ठाइस मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको पुल आव २०७५/०७६ मा निर्माण सम्पन्न हुने अनुमान छ ।
यो पुलले सैनामैनालाई दानव नदीपारिको ग्रामीण क्षेत्रसंग जोड्नुका साथै भैरहवा, अन्तर्राष्ट्रिय विमानस्थलबाट नहरपुर बेलबास बेथरी सडक हुँदै सिधा अन्तर्राष्ट्रियस्तरको सम्पर्क बढाउने विश्वास गरिएको छ ।
क्षेत्रीय तथा पर्यटकीय सडकअन्तर्गत सैनामैना चक्रपथ सडक समेत एकैसाथ निर्माण प्रारम्भ भएको छ । रु ६९ करोड ९८ लाख ९९ हजार ४५९ को लागतमा निर्माण गरिने सो चक्रपथ आव २०७४/०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयका प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।
यस्तै मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक सम्भावित प्रादेशिक सडकको रुपमा यसलाई अगाडि बढाइएको छ । यो सडकको बजेट रु ११ करोड, ७९ लाख ९७ हजार १६४ मा बोलपत्र स्वीकृत गरिएको हो ।
यस्तै,रामापुर–लुम्बिनी सडक निर्माणका रु नै करोड ७० लाख ५२ हजार ३२८ मा बोलपत्र स्वीकृत भएको छ । क्षेत्रीय तथा पर्यटकीय सडकको रुपमा निर्माण गरिने यो सडक आव २०७४/०७५ सम्ममा निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?