पत्रकार महासङ्घ सिन्धुलीमा कार्की
सिन्धुली - नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्षमा होमकुमार कार्की निर्वाचित भएका छन् ।
सोमबार राति सम्पन्न निर्वाचबाट प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त समूहबाट युनियनका कार्की सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। यस्तै महिला उपाध्यक्षमा चौतारीका विमला पाण्डे, सहसचिवमा प्रेस सोसाइटीका नवीन श्रेष्ठ र युनियनका वरुण लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा सहमति हुन नसकेपछि चौतारी र युनियनको संयुक्त समूह तथा प्रेस सेन्टरबीच निर्वाचन भएको थियो । त्यस्तै उपाध्यक्षमा टीकाजङ्ग थापा, सचिवमा विदुर पौडेल र कोषाध्यक्षमा लक्षमण घिमिरे निर्वाचित भएका छन्।
सदस्यमा विक्रम रत्न, सुजाता लामा, राधिका बुढाथोकी, जनक प्रधान, नवीनबाबु अधिकारी, धु्रवचन्द्र खड्का, पुष्कर थापा र अनिल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिमा सञ्जय दाहाल, द्वारिका काफ्ले, रमा कार्की, राजकुमार कार्की र श्यामहरि अधिकारी सर्वसम्मतले निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा विनोद रायामाझी, उमा पौडेल, लोकहरि आचार्य, शङ्खर कार्की, बाबुराम देवकोटा, प्रवीण बुढाथोकी र अञ्जु तामाङ दिमदोङ निवाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने