युट्युवलाई टक्कर : अब फेसबुक लाइभबाट पनि पैसा कमाउन सकिने

न्युयोर्क – अब फेसबुकको लाइभ भिडियोमा पनि विज्ञापन प्रकाशित हुने भएको छ ।
सिएनबिसीमा प्रकाशित रिपोर्टका अनुसार फेसबुकले आफ्नो ब्लगमा लाइभ स्ट्रिमरहरुले आफ्नो भिडियोमा विज्ञापन राख्न पाउने सुविधा दिइने जनाएको छ । एक पटकमा २० सेकेण्डसम्म लामो हुने विज्ञापन भिडियो शुरु भएको ४ मिनेट पछि देखिने छ र त्यसपछि प्रत्येक ५ मिनेटको अन्तरालमा बज्नेछ ।
‘फेसबुकमा हामी आफ्ना साझेदारहरुका लागि उत्पादनहरुको मुद्रीकरण र डिजिटल भिडियोका लागि विज्ञपान विकास गर्नका लागि प्रतिबद्ध छौँ,’ फेसबुकको उपाध्यक्ष रहेका निक ग्रुडिनले बताए ।
यो योजना अनलाइन भिडियो महारथी युट्युवलाई टक्कर दिनका लागि ल्याइएको हो । युट्युवले पनि भिडियो प्रकाशकहरुलाई पैसा कमाउने अवसर दिने गरेको छ ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले पनि भिडियोलाई पछिल्लो समयको मेगा ट्रेन्ड भएको बताएका थिए ।
शुरुवातमा यो सेवा अमेरिकाबाट शुरुवात गरिनेछ । जहाँ २ हजार वा सोभन्दा बढी फलोअर भएका पेज तथा ३ सयभन्दा बढी साथी भएका प्रोफाइलले यो सेवा लिनसक्नेछन् । लाइभ सेसनमा ३ सयभन्दा बढीले हेरेपछि मात्र विज्ञापन प्रकाशित हुने बताइएको छ ।
विज्ञापनबाट आउने पैसा फेसबुक र प्रकाशकले बाँड्नेछन् जसमा फेसबुकको हिस्सा ४५ प्रतिशत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत