उपत्यका बाहिर जिओनीका ५ विशेष सेवा केन्द्रहरु खुल्यो

काठमाडौँ – मोबाइल ब्राण्ड जिओनीले उपत्यका बाहिरका बिभिन्न ५ ठाउँमा विशेष प्रकारको सेवा केन्द्र खोलेर मर्मत सेवा दिन थालेको छ ।
यस्ता विशेष सेवा केन्द्रहरु पोखरा, नारायणघाट, नेपालगंज, इटहरी र वीरगंजमा संचालन गरिएका छन् ।
“जिओनी–केयर” नाम दिइएका यी सेवा केन्द्रहरुमा दक्ष प्राविधिकहरुद्वारा गुणस्तरीय सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
‘यसले जिओनी मोबाइल सेटमा आउने कुनै पनि प्राविधिक समस्या पूर्णरुपमा समाधान गर्न मद्दत पुग्नेछ, जसमा सफ्टवेयरलाई अपडेट गराउन सकिन्छ । यी विशेष सेवा केन्द्रहरुमा तपाईले खोजे जस्तो दक्ष प्राविधिकहरु उपलब्ध हुने छन्,’ कम्पनीले बताएको छ ।
यस अघि जिओनीको विशेष सेवाकेन्द्र सीटीसी मल सुन्धारामा स्थापना गरी सेवा दिइराखिएको छ । नयाँ पुस्ताको चाहना अनुसारको मोबाइसेट सन् २०१४ देखि नेपाली बजारमा विक्री वितरण गरिँदै आएको छ ।