कलाकार राजेन्द्र खड्गीमाथि सीआईबीले थाल्यो अनुसन्धान
काठमाडौँ । नेपाली कलाकारिता क्षेत्रका एक हस्ती तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोेले अनुसन्धान थालेको छ ।
खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।
केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।
प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।
द्वन्द्व निर्देशक राजेन्द्र खड्गीबारे अनुसन्धान भईरहेको पुष्टि गर्दै केन्द्रीय अनुसन्धान ब्यूरोेका निर्देशक (डीआईजी) पुष्कर कार्कीले रातोपाटीसँग भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले प्रारम्भिक अनुसन्धान शुरु गरेका छौँ ।’
खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।
कलाकार राजेन्द्र खड्गीले रातोपाटीसँग कुरा गर्दै कोरियामा छाडेको भनिएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामालाई आफूले नचिनेको दाबी गरेका छन् । उनले भने, ‘तपाईंले लिएका नाम मैले कसरी चिन्नु ? अहिले गाडी चलाईरहेको छु, पछि कुरा गरौँला ।’
को हुन् राजेन्द्र खड्गी
राजेन्द्र खड्गी चर्चित तथा धेरै नेपाली चलचित्रका द्वन्द्व निर्देशक हुन् । करिव ५ सय नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका उनले ५–६ वटा हिन्दी चलचित्रमा समेत काम गरेका छन् । करिब एकसय हाराहारीका नेपाली चलचित्रमा खलनायक भुमिका निर्बाह गरेका खड्गीको जन्म २०१८ सालमा मकवानपुरको हेटौँडामा भएको हो । २०३४ सालमा एसएलसी पास गरेका उनी हेटौँडा क्याम्पसका कर्मस बिद्यार्थी हुन् ।
२०३५–३६ सालमा उनी हेटौंडाको नामुद ‘गुण्डा’ थिए । त्यतिबेला उनी बाबुराजा दादाको नामले समेत चिनिन्थे । उनको परिवारको पेसाले मासु व्यापार हो । चलचित्रमा आउनु पुर्व उनले यो काम पनि गरेका थिए ।
उनी २०४० सालतिर हेटौंडामा क्युकोसिन कराँते पनि सिकाउँथे । सहबीर थापा डिएसपी हँुदा उनी एक हप्ता थुनामा समेत परेका थिए । त्यतिबेला कमल थापाको निर्देशनमा उनी छुटेका थिए । चलचित्रमा प्रबेश गरेपछि उनले गुण्डागर्दी छाडेका हुन् ।
१९ र २० तोला जति सुन र गोजीमा १०–१५ हजार लिएर हिँड्न रुचाउने उनलाई राजा वीरेन्द्रले एक गाडी उपहार समेत थिएका थिए । बा ३ च ४ ५७७३ नम्बरको उक्त गाडी पहिले पूर्व युवराज दिपेन्द्रले चढ्थे । केही चलचित्र निर्माण समेत गरेका खड्गीले ‘कालो चश्मा’ नामक चलचित्र निर्देशन समेत गरेका छन् । सबैभन्दा धेरै चलचित्रमा द्वन्द्व निर्देशन गर्ने संसारमै आफु पहिलो ब्यक्ति भएको दाबी गर्दै आएका उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन पनि चाहन्छन् । तर उनको यो इच्छा पुरा भएको छैन । उनी अहिले अभिनेता शिव श्रेष्ठसँग मिलेर एक चलचित्र निर्माणको तयारी गर्दैछन् ।
प्रहरीको थप खोज
पछिल्लो समय नक्कली कागजात बनाएर विश्वका आकर्षक मुलुकमा भीषा आवेदन दिने क्रम बढेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
यसरी नक्कली काजगात बनाउँदै अनेक बहानामा भीसा दिलाउने गिरोह नै सक्रिय भएको केन्द्रीय अनुसन्धान ब्यूरोेका एक उच्च अधिकारीले जानकारी दिए ।
आउने भदौबाट लागु हुने नयाँ फौजदारी ऐनलाई देखाएर कत्तिपय कानुन ब्यवसायीकै सहयोगमा जापान, कोरिया, अष्ट्रेलिया जस्ता मुलुकमा शरणार्थी भीसा लगाउने गिरोह नै सक्रिय भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोेले त्यस्ता गिरोहबारे पनि अनुसन्धान गरिरहेको बताईएको छ ।
‘कोरियामात्र हैन जापान, अष्ट्रेलिया जस्ता मुलुकमा पनि संगठित रुपमा दलालले नेपालबाट लाखौं लिएर मानिस पठाउने गरेको सूचना आएको छ’ डीआईजी कार्कीले भने, ‘यसबारे अनुसन्धान अगाडि बढाएका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार