सुत्नुभन्दा पहिले नगर्नुहोस् यी ९ गल्ती
शनिबार, ०७ फागुन २०७३, १९ : ५८
एजेन्सी-थुप्रै पटक सुत्नुभन्दा पहिले केही गल्ती गर्दा तौल बढ्न सक्छ । डा. अवधेश मिश्राले सुत्नुभन्दा पहिले गर्ने गल्तीबारे जानकारी दिँदैछन् । यस्ता गल्ती नगरी आफ्नो तौल नियन्त्रणमा राख्न सकिनेबारे उनले जानकारी दिएका छन् ।
बेलुका खाना नखानुः
यसो गर्दा मेटाबोलिजम स्लो हुन्छ । बिहान धेरै भोक लाग्छ र तपाईं धेरै खानुहुन्छ ।
के गर्ने ? यदि राती धेरै भोक लागेको छैन भने सलाद, फलफूल वा दही खानुहोस् ।
बेलुका धेरै काब्रोहाइड्रेट भएको खाना खानुः
पिज्जा, पास्ताजस्ता काब्रोहाइड्रेट भएको खानामा क्यालोरी धेरै हुन्छ । यस्तो खाना राती खाँदा फ्याट बढ्छ ।
के गर्ने ? राती प्रोटिन भएको खानेकुरा, तरकारी र फलफूल खानुहोस् ।
धेरै खाना खानुः
राती पाचन क्रिया स्लो हुन्छ । यसले क्यालोरी बर्न हुँदैन र शरिरमा फ्याट जम्मा हुन थाल्छ ।
के गर्ने ? टिभी हेर्दै खाना नखानुहोस् । प्रोटिन र तरकारी धेरै खानुहोस् ।
खानेबित्तिकै सुत्नुः
यसो गर्दा शरिरको क्यालोरी बर्न गर्न र पाचनका लागि पर्याप्त समय पाइँदैन ।
के गर्नेः सुत्नुभन्दा ३ /४ घण्टा पहिले खाना खानुहोस् । खाना खाएपछि थोरै समयका लागि हिँड्नुहोस् ।
कफी वा रक्सी पिउनुः
यसो गर्दा निन्द्रा नलाग्न सक्छ । एम्प्टी क्यालोरीले तौल बढ्न सक्छ ।
के गर्नेः एक कप ग्रीन टी पिउनुहोस् । गुलियो कुरा थोरै खानुहोस् ।
आइसक्रिम वा धेरै गुलियो खानेकुरा खानुः
गुलियो खानेकुरामा धेरै क्यालोरी हुन्छ । यसले शरिरमा फ्याट जम्मा हुने गर्दछ ।
के गर्नेः गुलियो खानेकुरा सकेसम्म कम खानुहोस् ।
राती अबेरसम्म जागा हुनुः
प्रत्येक दिन ७ देखि ८ घण्टा नसुत्दा मेटाबोलिजम स्लो हुन्छ, फ्याट बर्न हुँदैन । भोक धेरै लाग्छ ।
के गर्नेः एउटा निश्चित तालिका बनाउने । सुत्ने र उठ्ने समय फिक्स गर्नुहोस् ।
बेलुका धेरै तारेको, भुटेको खानेकुरा खानुः
यसमा धेरै क्यालोरी हुन्छ । राती शरिरले यसलाई बर्न गर्न सक्दैन ।
के गर्नेः बेक्ड वा ग्रिल्ड फुड खानुहोस् ।
डिनरपछि पनि स्न्याक्स खानुः
यसो गर्नुभयो भने ओभरइटिङ हुन्छ । स्न्याक्टमा एम्प्टी क्यालोरी हुन्छ जसले तौल बढ्ने गर्दछ ।
के गर्नेः बेलुकाको खाना खाएपछि केही पनि खाने बानी छ भने यो बानी परिवर्तन गर्नुहोस् । सौफ वा अलैंची खानुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिल्पा शेट्टी-राज कुन्द्राको घरमा ईडीको छापा, पोर्नोग्राफीसँग सम्बन्धित मुद्दा
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको दोस्रो दिनको बन्दसत्र जारी
-
स्क्विड गेम विश्वभर लोकप्रिय भयो तर निर्माताले किन पैसा कमाउन सकेनन् ?
-
जापानमा ‘नेपाल फेस्टिभल’
-
च्याम्पियन्स ट्रफीको प्रश्नमा बीसीसीआई उपाध्यक्षले भने, ‘पाकिस्तानसँग वार्ता भइरहेको छ’
-
सिरियाका विद्रोहीहरूद्वारा दोस्रो ठुलो सहर अलेप्पो कब्जा