शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

इलाममा बन्यो शिक्षा कार्यालय भवन

शुक्रबार, ०६ फागुन २०७३, १० : २३
शुक्रबार, ०६ फागुन २०७३
इलाम - जिल्ला शिक्षा कार्यालय इलामको एक करोड २९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ । जिशिअ टङ्कप्रसाद गौतम र स्थानीय विकास अधिकारी ध्रुवबहादुर खडकाले भवनको संयुक्तरूपमा उद्घाटन गरे । भवनमा १४ कोठा रहेका छन् । चार वर्षअघिदेखि निर्माण थालिएको भवन विभिन्न कारणले ढिलो सम्पन्न भएको जिशिअ गौतमले बताए । चार रोपनी सरकारी जग्गामा भवन निर्माण गरिएको हो । आफ्नै भवन नहुँदा जिल्ला शिक्षा कार्यालय नारी विकास सङ्घको भवनमा वार्षिक लाखौँ रूपैयाँ भाडा तिरेर बसिरहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप