सोमर्सबीको भ्यालेन्टाइन अनुहार स्वप्न सुमन
काठमाडौँ । भ्यालेन्टाइन्स डेको क्याम्पेनका लागि चर्चित पेय सोमर्सबीले युवामाझमा चर्चित गायक स्वप्न सुमनलाई चयन गरेको छ । प्रबद्र्धनात्मक अभियानमा गायक स्वप्न सुमनसँगै मोडल जास्मिन खड्कालाई देख्न सकिन्छ ।
स्वप्नले सोमर्सबीलाई सही ढंगले प्रतिनिधित्व गर्ने बताउँदै कम्पनीले यसले समरस्बीका फ्यानहरुलाई आकर्षित गर्ने विश्वास लिएको जनाएको छ ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘समरस्बी र स्वप्नबीच धेरै समानाहरु रहेका छन् । सोमर्सबीको एप्पल साइडर उच्च गुणस्तरको एप्पल जुस र प्राकृतिक स्वाउको फ्लेबरिङबाट बनेको ताजा साइडर हो ।
त्यही भएर यो पारिवारिक जमघटका लागि पहिलो रोजाइँ बनेको छ । त्यस्तै, स्वप्न पनि नेपाली सांगीतिक क्षेत्रका उदाउँदो र ट्रेन्डिङ कलाकार हुन् ।’
सामाजिक सञ्जालमा लाखौँ फलोअर रहेका स्वप्न हाल आर्बिटरी रेकर्डस्सँग आबद्ध रहेका छन् । उनले युट्युवमा रिलिज गरेका १२ गीतले लाखौँ दर्शक पाउन सफल भएको छ । उनका चर्चित गीतहरुमा ‘द कफी सङ’, ‘के सारो राम्री भाको’, ‘ए हेल्लो’, ‘कसरी भनु’, ‘म तिम्रो’ लगायत रहेका छन् ।
स्वप्न र सोमर्सबीको सहकार्यले प्रयोगकर्तालाई नयाँ र ताजा आकर्षण दिने कम्पनीले विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन