‘सुन साहिँली’ ले तोड्यो युट्युबकै रेकर्ड, २४ घण्टामा ५ लाख बढि पटक हेरियो (भिडियो)

काठमाडौं – काली प्रसाद बास्कोटा र हिमाल साउदको शब्द र बास्कोटाकै संगीत रहेको हेमन्त रानाको ‘सुन साहिँली’ गीत २४ घण्टामा ५ लाख बढि पटक हेरिएपछि यसले युट्युबकै रेकर्ड तोडेको छ ।
जीएच इन्टरटेन्मेन्टका अनुसार साहिँलीले नेपालमा ‘युट्युब भिअरसिप रेकर्ड’ तोडेको छ । २४ घण्टाभित्र धेरै पटक हेरिएको भनी दर्ता भएको यो गीत नेपालमा पहिलो नम्बरमा ट्रेन्डिङ भइरहेको छ । समाचार बनाउने बेलासम्म यो गीतको ५ लाख ४६ हजार बढि ‘भ्यू’ भएको छ । साथै गीतलाई २६ हजार बढि लाइक गरिएको छ भने यसमा ४ हजार बढि कमेन्ट गरिएका छन् ।
जीएच इन्टरटेनमेन्टले 'बिदेशी भुमिमा रगतको पसिना बगाउदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्ने लाखौं लाख नेपाली मनहरु प्रती समर्पित' भन्दै यो गीतको भिडियो शनिबार युट्युबमा अपलोड गरेको थियो । गीतमा गौरव पहारी र मेनुका प्रधानको अभिनयले दर्शकको मन छोएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक