किन भयो बैंकहरुमा कर्जायोग्य तरलता अभाव ?
काठमाडौ– बैंकहरुको जथाभावी लगानी, नियमक निकाय राष्ट्र बैंकको कमजोर नियमन र बैंकहरुको अनुत्पादक क्षेत्रप्रतिको बढ्दो आकर्षणका कारण मुलुकका बैंक तथा वित्तिय संस्थाहरुमा कर्जायोग्य तरलताको चरम अभाव भएको छ । जसले गर्दा वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव खडिकएको छ । बैंक तथा वित्तिय संस्थाहरुको आकर्षण विशेषगरी गाडी तथा घरजग्गामा बढ्दा यो समस्या आएको सरोकारवालाहरु बताउँछन् । तर, बिडम्बना नै मान्नुपर्छ मुलुकका बैंकहरुको नाफा भने बढेको बढ्यै छ ।
बैंकहरुमा तरलता अभावले एकातर्फ नयाँ कर्जा प्रवाह हुन सकेको छैन भने अर्कातर्फ ऋणको ब्याजदर उच्च रूपमा बढ्न थालेको छ । वित्तीय क्षेत्रमा यस्तो समस्या देखिएपनि स्पष्ट जवाफ भने कतैबाट पाइदैन । यद्यपी यसवारे सर्वत्र चासो भने बढिरहेको छ । राष्ट्र बैकका उच्च अधिकारी, बैंकर्स र सरोकारवालाहरु अहिले दिनहुँ समस्या समाधानबारे छलफलमा जुटेपनि निकासको बाटोमा सरोकारवाला हिँडेका छैनन ।
राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलका अनुसार समस्या समाधान गर्न बैंकहरुले डिपोजिट बढाउन अत्यन्त जरुरी छ । उनका अनुसार बैंकहरुले सिसिडि रेसियो ८० प्रतिशत पुरयाएका कारण समस्या आएको हो । जसको दोष वित्तीय क्षेत्रमात्र होइन, सरकार आफै पनि रहेको छ । सरकारले विभिन्न कारणले पुँजीगत खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर बित्तीय क्षेत्रमा परेको सरोकारवालाको भनाई छ ।
यहि अवस्थामा रेमिट्यान्सको वृद्धिदर पनि घटेको छ तर, सरकारको खातामा भने रकम थुप्रिएको छ । यस्तो अवस्था आउन सक्छ भन्ने कुरा बैंकहरूले ख्याल गर्नुको साटो बढि मुनाफा कमाउने उदेश्यले लगानीमा हदबन्दी लगाएपछि मुलुककै समग्र अर्थतन्त्रमा धक्का पुग्न गएको छ ।
यो समस्या देखिएपछि राष्ट्रबैंकले बैकहरुलाई निक्षेप बढाउन सुझाव दिएपनि उनीहरु राष्ट्रबैंकको यो सुझाव मान्न अहिलेसम्म तयार देखिएका छैनन् ।
राष्ट्र बैंकले दुई अर्बको पुँजीलाई ८ अर्ब पु¥याउनुपर्ने नीति ल्याउँदा बैंकहरूले लगानी गर्ने ठाउँ नै नभएको भनेर नीतिको विरोध समेत गरेका थिए । तर, विडम्बना त के भने ८ अर्ब पुँजी हुँदा पनि बैंकहरूमा कर्जायोग्य तरलता कम भएको छ । अझ रोचक त के छ भने नाकाबन्दी, भूकम्पलगायतले थिलथिलो भएका बेलामा समेत बैंकहरुको नाफा अत्याधिक बढेको थियो र अहिले पनि बढ्यै छ । तर, बैकहरुले केहि अपवादबाहेक निक्षेपको ब्याजदर भने बढाएका छैनन् । राष्ट्र बैंकले निक्षेपमा ५–६ प्रतिशत र कर्जामा १०–१२ प्रतिशत ब्याजदर होस् भनेपनि त्यसो हुन सकिरहेको छैन ।
तरलताको अवस्था झन चँुलिदै
नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष पशुपति मुररकाका अनुसार बित्तीय क्षेत्रमा यस्तो अवस्था आउनु लाजमर्दो हो । उनी भन्छन् ‘बैंकमा जाँदा चेक साट्न नसक्ने अवस्था कस्का कारणले आयो ? त्यो सरोकारवालाहरुले बुझ्नुपर्छ । कर्जाको त कुरै छाडौ एलसी खोल्न समेत सकिएको छैन । अर्थतन्त्र ठूलो हुँदै गएको छ तर, बैंकसँग भएको पुँजीले धान्दैन भने अवस्था गम्भीर छ ।’ मुरारकाका अनुसार ब्याज बढ्दै गए उद्योगी व्यवसायीले कर्जा तिर्न सक्दैनन् । यसले गर्दा बैंकहरूको खराब कर्जा झन् बढ्न सक्छ र अर्को खालको खतरा निम्तिन सक्छ ।
त्यसो त अहिले अहिले सरकार, बैंकर, उद्योगी व्यवसायी अथवा राष्ट्र बैंकले एक–अर्कालाई दोष दिएर पन्छिने गरेको समेत पाइएको छ । बैंकहरुले कर्जामा व्याज बढाउँदा उद्योगी व्यवसायी आक्रोशित बनेका छन् ।
के भन्छ राष्ट्र बैंक ? राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार यो समस्या दीर्घकालिन होइन । तरलता पर्याप्त भएपनि समस्या कर्जायोग्य तरलता अभावको भएको उनको भनाइ छ । पौडेलको भनाईमा यस्तो समस्या निम्तिन सक्ने खतराप्रति राष्ट्र बैंक सजग भएपनि बैंकहरुले डिपोजिट नबढाउदा समस्या आएको हो । उनका अनुसार विगत ५–६ महिनामा बैंकहरुले सीमा नै नघेर बैंकिङ कारोवार गरेका छन् । ‘बैंकहरुले आफ्नो सीमा र मर्यादा नाघेर लगानी गर्छन् डिपोजिट बढाउन भने चासो नै राख्दैनन यस्तो अवस्थामा राष्ट्र बैंकले के गर्न सक्छ ? यो त उनीहरुले बजार हेरेर आफै समाधान गर्ने विषय हो’
अर्थमन्त्री महराको चासो उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा वित्तीय तरलता देखिएपछि सरोकारवालासग बिहीबार छलफल गरेका छन् । मन्त्री महराले राष्ट्र बैंकका गर्भनर र अर्थ मन्त्रालयका सचिवहरुसँग छलफल गरेका हु्न् ।
उप प्रधानमन्त्री महराले करिव डेढ घण्टा गर्भनर चिरञ्जीवी नेपाल, अर्थ सचिव शान्तराज सुवेदी र राजश्व सचिव राजन खनालसँग मन्त्रालयमै छलफल गरेका थिए । छलफलमा गर्भनर र सचिवद्धयले मुलुकको पछिल्लो आर्थिक अवस्था र वित्तीय संकटका बारेमा महरालाइ ब्रिफिङ्ग गरेका थिए ।
बैंकर्स शाह भन्छन्, नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहका अनुसार वित्तीय तरलता भनेर अफवाह फैलाएपनि वास्तविकता त्यस्तो छैन । उनी भन्छन् –‘अहिले बैंकमा पैसै नभएको भने होइन, निक्षेपकर्ताको रकम सुरक्षित छ । कर्जा प्रवाह गर्न सक्ने पैसा मात्रै नभएको हो ।’
शाहका अनुसार यो समस्या बैकको मात्र होइन, सवैले गर्दा आएको हो । सवै को भन्नेमा भने शाहले छुट्याउन चाहेनन् । उनले पुँजीगत खर्च न्यून हुने गरेकाले पनि बैंकिङ क्षेत्रमा तरलता अभाव देखा परेको दावी गरे ।
के गरे बैंकहरुले ?
राष्ट्र बैंकको चालू आर्थिक वर्षको मौद्रिक नीतिले कर्जा लगानी २० प्रतिशतले वृद्धि गर्ने लक्ष्य दिए पनि बैंकहरूले आर्थिक वर्षको मध्यावधि नपुग्दै ३१.३ प्रतिशतले कर्जा लगानी बढाएका छन् । कर्जा र निक्षेप वृद्धिदरमा सही तालमेल नहुँदा नै अहिले वित्तीय क्षेत्रले तरलताको समस्या झेल्नुपरेको हो । बैंकिङ क्षेत्रमा तरलता अभावको अर्काे कारण ५ सय र १ हजारका भारतीय नोटहरूको प्रतिबन्धलाई पनि लिइन्छ । ‘तर, तरलता संकट आउनुमा वित्तीय क्षेत्रको नियामक निकायको अपरिपक्व व्यवहारको नतिजा नै हो’ अर्थविद चन्द्रमणी अधिकारी भन्छन् ‘ बैंक तथा वित्तीय संस्थाबाट चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा १ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा त्यसको ६१ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रतर्फ प्रवाह भएको छ । अनुत्पादक क्षेत्रमा गरिएको लगानीले आम्दानी, रोजगारी र आर्थिक वृद्धिमा कुनै प्रभाव देखाउन सक्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता