सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

के नेपालमा सम्भव छ विद्युतीय भोटिङ मेसिनको प्रयोग ?

मङ्गलबार, २५ माघ २०७३, १७ : ३७
मङ्गलबार, २५ माघ २०७३

काठमाडौं – मंगलबार निर्वाचन आयोगमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, सांसद तथा नेताहरुले बिद्युतीय मेसिनबाट भोट हाले । उनीहरुले मोवाइलको टचस्क्रीन जस्तै विद्युतीय भोटिङ मेसिनमा रहेको नमुना मतपत्रमा छोएर मतदान गरे । उनीहरुले दिएको मत मेसिनमै रेकर्डमात्र भएन त्यसको प्रिन्ट पनि आयो । मतदान गरेको त्यो प्रिन्टलाई उनीहरुले मतपत्र जस्तै पट्याएर मतपेटिका बाकसमा पनि खसाले ।

यो नयाँ प्रविधिको प्रर्दशन गरेको थियो बेलायतको हाउस अफ लर्डका पूर्व सदस्य लर्ड ब्राउनको टोलीले । ब्राउनको मतदानका लागि बिद्युतीय मेसिन उत्पादन गर्ने कम्पनी समेत रहेकोले नेपालमा उनी नयाँ प्रविधि देखाउन आएका थिए ।

आयोगको हलमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, संघीय समाजबादी फोरमका अशोक राई लगायत विभिन्न पार्टीका सभासदहरुले बिद्युतीय भोटिङ मेसिनबाट नमुना मतदान गरे ।

के संभव छ नेपालमा ?

नेपालमा बिद्युतीय भोटिङ मेसिनको प्रयोग परिक्षण नभएको भने होइन । संविधान सभाको चुनावका बेला काठमाडौं क्षेत्र नं. १ मा बिद्युतीय भोटिङ मेसिनको प्रयोगबाट निर्वाचन भएको थियो । त्यतिबेला प्रयोग गरिएको मेसिन भारतमा प्रयोग हुने गरेको किबोर्ड स्टाईलको थियो । मतदाताले बिद्युतीय भोटिङ मेसिनबाट भोट हालेपछि एकप्रकारको आवाज आउने गर्दथ्यो ।

आयोगमा मंगलबार प्रर्दशन गरिएको मेसिन भने स्मार्टफोनसँग मिल्दोजुल्दो टचस्क्र्रीनमा छोएर भोट खसाल्ने प्रविधिमा आधारित छ । यो भोटिङ मेसिन ब्राजिल तथा फिलिपिन्समा धेरै प्रयोग भएको ब्राउनको टोलीले बतायो ।

नेपाल निर्वाचनका बेला कागजी मतपत्र असुरक्षीत हुने, छपाई तथा ढुवानी खर्च धेरै लाग्ने भएकोले यस किसिमको बिद्युतीय मतदान मेसिन उपयुक्त हुने निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरु स्मार्ट फोन चलाउन अभ्यस्थ भएकाले नयाँ प्रविधीको विद्युतीय मेसिनबाट भोट हाल्न सक्षम रहेको बताँउदै यसबारे आयोग र सरकारले छलफल गरेर निर्णग गर्ने बताए । नेपालका मतादाता र राजनीतिक पार्टीमा यसप्रति विश्वास हुनु नै बिद्युतीय मेसिनको प्रयोगको पहिलो सर्त हो । अर्को कुरा यो प्रविधीमा आधारित भएकोले यसको प्रयोगका लागि शिक्षाका साथै मतदाता साक्षरताको पनि अवश्यकता पर्दछ ।

चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे राजनीतिक तहमा सहमति जुटेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरेर टेन्डर प्रक्रियाबाट यस्ता मेसिन खरिद गर्न सक्छ ।

यस्तो छ आयोगमा प्रर्दशन गरिएको बिद्युतीय भोटिङ मेसिनको बिशेषता

–मेसिनको डिस्प्लेमा मतपत्रको चिन्ह देखिन्छ, त्यसमा छोएर मतदान गरिन्छ ।

–मतदान गरेपछि एकप्रति प्रिन्ट हुन्छ, त्यसलाई पट्याएर मतपेटिकामा खसासिल्छ ।

–मतदानका बेला यसमा इन्टरनेट जोडिएको हुँदैन, यो अफलाइन हुन्छ ।

–मतदान सम्पन्न भएपछि यसले केही समयमै मतपरिणाम देखाँउछ । –कुन उम्मेद्वारले कति मत पाए, कति मत खस्यो, सबै विवरण केन्द्रीय सर्भरमा पठाँउछ ।

–चुनावमा मत बदर हुँदैन ।

–चुनावमा मतदान पछि कर्मचारीमाथि आक्रमण भयो भनेपनि चुनाव रोक्नुपर्दैन । मतदातले दिएको भोट मेसिनमा सुरक्षित रहन्छ । मेसिनमा आन्तरिक मेमोरी र बाह्य मेमोरीमा डाटा रहन्छ ।

–कम खर्चिलो हुनुका साथै मतदानस्थलमा ढुवानीका लागि पनि सजिलो हुन्छ । थोरै निर्वाचन कर्मचारी भए पुग्छ ।

–मेसिन बिग्रियो भने अर्को ब्याकअप मेसिन प्रयोग गर्न सकिन्छ ।

–जतिसुकै राजनीतिक दल भएपनि आवश्यकता अनुसार चुनाव चिन्हको लिष्ट लम्बाउन सकिन्छ ।

–मतपत्र प्रिन्ट पनि भएर मतपेटिकामा पनि खस्ने भएकोले यसको विश्यसनियता उच्च हुन्छ ।

–मतदान गर्न समय पनि थोरै लाग्ने हुन्छ ।

–देशको कानुन तथा निर्वाचन पद्धती अनुसार यसलाई सेटिङ गर्न सकिन्छ ।

–चुनावमा मेसिनको प्रयोग गर्नुअघि मतदाता साक्षरता दिनुपर्छ ।

–मतदान हुनुअघि राजनीतिक दलको रोहबरमा सात÷आठ पटक यसको परिक्षण गरेर प्रयोग गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप