रोल्पामा १,४१२ उद्योग सञ्चालनमा
शनिबार, २२ माघ २०७३, ०८ : ५२
रोल्पा - घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यालय स्थापना कालदेखि अहिलेसम्म एकहजार ४१२ वटा उद्योग निरन्तर सञ्चालनमा रहेको छ ।
उद्योग अधिकृत बालकृष्ण आचार्यका अनुसार ती उद्योगबाट एक हजार ७०५ जना महिला र एक हजार ४५७ जना पुरुष गरी कुल पाँच हजार ५९५ जनाले रोजगारी प्राप्त गरिरहेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादनमूलक उद्योग एक सय ६२ वटा स्थापना भएको देखिन्छ । ती उद्योगबाट ३४८ जना महिला र ४२९ जना पुरुषले रोजगार पाएका छन् ।
त्यसैगरी, वनजन्य र कृषिमा आधारित ३१६ वटा उद्योग स्थापना भई सञ्चालनमा रहेका छन् । ती उद्योगबाट १८२ जना महिला र ३८८ जना पुरुषले रोजगार पाएका छन् ।
त्यस्तै, पर्यटनसम्बन्धी ३७१ वटा उद्योग स्थापना भई सञ्चालनमा रहेका छन् ।
यसैगरी, जिल्लामा ३५८ वटा सेवामूलक उद्योग स्थापना भएका र ती उद्योगमा ४४८ जना महिला र ८०४ जना पुरुष कार्यरत छन् ।
तर ऊर्जामूलक उद्योग भने जिल्लामा हालसम्म एउटा मात्र स्थापना भएको छ जसमा १५ जना पुरुष मात्र कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा भारत विजयी
-
पुसमा म्याद सकिने ग्वार्को फ्लाई ओभरको ‘ड्रोनभ्यू’
-
प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन
-
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद