खिम्ती–ढल्केबर प्रसारण लाइन आएपछि भोल्टेजको समस्या समाधान
काठमाडौँ - नेपालको विद्युत् प्रसारण प्रणाली एकीकृत हुन नसक्दा भोल्टेजलगायतका समस्या व्यहोर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । खिम्ती–ढल्केबर र हेटाँैडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन प्राधिकरणको केन्द्रीय प्रसारण लाइनसँग जोडिएपछि भोल्टेजमा देखिएको उतारचढाव कम भएको छ ।
ढल्केबरबाट आयात भएको विद्युत् प्रवाहका लागि विभिन्न चारवटा प्रसारण लाइन एकीकृत रुपमा सञ्चालनमा आएपछि भोल्टेजको समस्या समाधान भएको हो । ढल्केबरबाट खिम्ती जोडिएको छ भने ढल्केबरबाटै हेटौँडा पनि जोडिएको छ । यस्तै पूर्व जाने प्रसारण लाइनको हबसमेत ढल्केबरमा नै रहेको छ ।
एकैस्थानबाट बढी विद्युत् प्रवाह गराउँदा समस्या आएपछि प्राधिकरणले विभिन्न उपाय अवलम्बन गर्दै आएको थियो । वैकल्पिक प्रसारण लाइन निर्माण एवम् सञ्चालनमा आएपछि विद्युत् आप्रवाहमा समस्या समाधान भएको र मुलुकभर नै स्वच्छ ऊर्जा प्राप्त हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
अघिल्लो सातादेखि नै भोल्टेजमा देखिएको समस्या समाधान भएको र वीरगन्ज औद्योगिक करिडोरमा परेको समस्यासमेत समाधान भएको उनको भनाइ छ । विगत १७ वर्षदेखि अवरुद्ध हुँदै आएको खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यकाको प्रसारण लाइन र अन्य प्रसारण लाइनबीच समेत एकरुपता कायम भएको छ ।
भारतबाट थप २५ मेगावाट विद्युत्समेत थप भएको छ । आन्तरिक रुपमा समेत प्रसारण लाइनको क्षमता विस्तार भएको र विद्युत् प्रवाह नियन्त्रण यन्त्रसमेत विभिन्न सवस्टेसनमा जडान भएका कारण भोल्टेजमा देखिएको समस्या समाधान भएको प्राधिकरणको भनाइ छ ।
औद्योगिक क्षेत्रमा नै सबैभन्दा बढी भोल्टेजमा समस्या हुँदै आएको थियो । विद्युत् प्रवाह नियन्त्रण यन्त्र ९स्टेपलाइजर० नहुँदा सबैभन्दा बढी वीरगन्ज औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायी सबैभन्दा बढी मारमा परेका थिए ।
वीरगन्ज उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ओमप्रकाश शर्माले ऊर्जा मन्त्री, ऊर्जा सचिव र प्राधिकरणका कार्यकारी प्रमुखलाई भोल्टेजको समस्या समाधान गरिदिन पटक पटक आग्रह गर्दै आउका थिए ।
आफूहरुको मागअनुसार पछिल्लो दिनमा भोल्टेजमा देखिएको समस्या सुधार हुँदै गएको भए पनि अझै धेरै गर्न बाँकी रहेको उनको भनाइ छ । भोल्टेजमा हुने उतारचढावका कारण वीरगन्ज औद्योगिक करिडोरका धेरैजसो उद्योगले स्वच्छ ऊर्जा पाउन सकेका थिएनन् जसबाट औद्योगिक उत्पादनसमेत प्रभावकारी हुन नसकेको तथा सामान खेर फाल्नुपर्ने अवस्था आएको थियो ।
पूर्वाञ्चलमा कुनै समस्या आए पनि तत्काल निरुपण गर्न सहज भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । ढल्केबर–खिम्ती प्रसारण लाइन काठमाडौँमा जोडिएपछि त्यसले काठमाडौँ उपत्यकाको मात्रै नभई छुट्टाछुट्टै रहेको प्रसारण लाइनसमेत एकीकृत रुपमा सञ्चालन हुन थालेको छ ।
खिम्तीको विद्युत् वर्षायाममा लामोसाँघु–काठमाडौँ हुँदै तराई लैजानुपर्ने अवस्थाको समेत अन्त्य भएको छ । त्यसले प्रसारण लाइनमा नै हुने १० मेगावाट विद्युत् चुहावटसमेत नियन्त्रण हुने खिम्ती–ढल्केबर आयोजनाका प्रमुख श्यामकुमार यादव बताउँछन् ।
प्रमुख यादवले सो प्रसारण लाइनको डबल सर्किट पूर्णरुपमा सञ्चालनमा आएपछि करिब सात सय मेगावाट विद्युत् आयात तथा निर्यात गर्न थप सहज हुनेछ । हाल ढल्केबरबाट खिम्ती हुँदै काठमाडौँमा ८० मेगावाट विद्युत् प्रवाह भएको छ । त्यसमा हिमाल हाइड्रोको ३३ मेगावाट विद्युत् पनि जोडिएको छ । जग्गा प्राप्तिमा रहेको समस्याका कारण प्राधिकरणको नयाँ खिम्ती सवस्टेसन निर्माणमा ढिलाइ भई भारतबाट आयातित विद्युत् हिमाल हाइड्रोको सवस्टेसनमै समायोजना गरेर काठमाडौँ जोडिएको हो ।
मुलुकमा सञ्चालनमा रहेका अधिकांश प्रसारण लाइन १३२ केभिएको रहिरहेको सन्दर्भमा खिम्ती–ढल्केबर प्रसारण लाइनको क्षमता २२० केभी रहेको छ । त्यसले नै भोल्टेजमा देखिएको उतारचढावलाई हल गरेको र स्वच्छ एवम् सन्तुलित ऊर्जा आपूर्ति भइरहेको प्राधिकरण प्रवक्ता अधिकारीको भनाइ छ । उक्त प्रसारण लाइन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन् । यही माघ २ गतेदेखि सञ्चालनमा आएको प्रसारण लाइन निर्माणमा प्राधिकरणले सबैभन्दा बढी जटिलता व्यहोरेको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?