सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

उत्तरी म्यानमारबाट ९२ हजार विस्थापित

शुक्रबार, २१ माघ २०७३, १६ : ५०
शुक्रबार, २१ माघ २०७३

संयुक्त राष्ट्रसङ्घ – गत अक्टोबरदेखि हालसम्म मुस्लिम बाहुल्यता रहेको उत्तरी म्यानमारबाट कम्तीमा पनि ९२ हजार जना विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार संवाददाताहरुलाई दिएको जानकारीअनुसार म्यानमारको उत्तरी क्षेत्रमा पर्ने राखिने राज्यबाट उनीहरु विस्थापित भएका हुन् ।

विस्थापित भएका तीमध्ये झन्डै ६९ हजारजना सीमा पार गरी बङ्गलादेशतर्फ गएको पनि प्रवक्ता स्टेफन डुजार्रिकले दैनिक पत्रकार सम्मेलनमा जानकारी दिए ।

विस्थापित भएकाहरुलाई विभिन्न निकायको सहयोगमा खाद्य पदार्थ र अन्य दैनिक उपभोग्य सामग्रीहरु वितरण गरिएको छ ।

उनीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर उनीहरु बसेको ठाउँमा स्वास्थ्य क्लिनिक र पोषण केन्द्रहरु स्थापना गरिएको डुजार्रिकले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप