अलास्कामा लगातार ज्वालामुखी विस्फोटन
अलास्का -संयुक्त राज्य अमेरिकाको मूलभूमिबाट टाढा उत्तर–पश्चिममा अवस्थित एक विशाल राज्य अलास्काको एक सानो द्वीप बोगोस्लोफमा शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन् ।
एकसय ६९ एकड (क्षेत्रफलका हिसाबले औसतमा तृतीय श्रेणीको अमेरिकी कृषिक्षेत्र (फार्म बराबर) रहेको र यहाँको सबभन्दा अग्लो पर्वत शृङ्खला भन्नु समुद्र सतहदेखि ४९० फिट (उचाइका हिसाबले फ्रान्सको इफिल टावरको आधाआधीजति) रहेको बोगोस्लोफ द्वीपमा अत्यन्त क्रियाशील र बेरिङ्ग सागर (बेरिङ्ग सि) को जल सतहभन्दा पाँच हजार पाँचसय फिट मुन्तिर समुद्रको पिँधबाटै उठेर आई शृङ्खलाबद्ध ज्वालामुखी विस्फोटनका घटना भएका छन् ।
गत डिसेम्बर महिनाको मध्येदेखि हालसम्म २४ पटकभन्दा बढी ज्वालामुखी विस्फोटन भइसकेका बताइएको छ ।
प्रत्येक पटकको विस्फोटनमा ठूलो परिमाणमा बरफका ढिक्का, चट्टानी ढुङ्गाका गेगर र ज्वालामुखीय खरानी (म्याग्मा) मिश्रित बादल उठेर निस्किई आकाश माथि माथिसम्म ढाकेर फैलँदा उत्तर अमेरिका र एसियाबीच उडान भर्ने विमानहरुलाई हवाई मार्ग परिवर्तन गर्न बाध्य पारेका छन् ।
ज्वालामुखी विस्फोटन हुँदा यति ठूलो परिमाणमा बरफका ढिक्का, चट्टानी ढुङ्गाका गेगर मिश्रित बादल किन माथि माथि आकाशमा उठेको ? भन्ने जिज्ञासा राखी गरिएको एक प्रश्नको उत्तरमा अमेरिकी भौगर्भिक सर्भेक्षण संस्था (युएसजिएस) को अलास्का ज्वालामुखी अवलोकन केन्द्रका भू–भौतिकशास्त्र अनुसन्धाता (रिसर्च जियोफिजिकिस्ट अफ अलास्का भोल्क्यानो अव्जर्भेटरी) ले ज्वालामुखीय म्याग्मा र सामुद्रिक अति ठन्डा जलबीच टकराव हुँदा कडा र शक्तिशाली विस्फोटनको अवस्था पैदा भएको र यही शक्तिशाली विस्फोटनले नै यत्रो विशाल बबन्डर मच्चाएको बताएको छ ।
यस प्रकारको स्थिति यस वर्षभरि नै बारम्बार दोहोरिने सम्भावना रहेको भन्ने जवाफ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?