राप्रपाको क्षेत्रीय अधिवेशन सुरु
काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीको देशका २४० निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन सुरु भएको छ ।
पार्टीको आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि प्रत्येक क्षेत्रबाट प्रतिनिधि छनोट गर्ने उद्देश्यले सो अधिवेशन देशभर एकै दिन गर्न लागिएको हो ।
पार्टीका अध्यक्ष, पदाधिकारी तथा केन्द्रीय नेतृत्व सम्बन्धित निर्वाचन क्षेत्रमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ ।
महाधिवेशनमा सहभागी हुनका लागि पार्टीका स्थानीय तहदेखि नै निर्वाचित भएर आउनुपर्ने व्यवस्था भएअनुसार वडा, गाउँ, नगरबाट निर्वाचित भएर आएका नेता सम्बन्धित निर्वाचन क्षेत्रबाट समेत प्रतिनिधित्व गरी आउने छन् ।
राजनीतिक रुपमा समझदारी कायम भएका स्थानमा सर्वसम्मत तथा विवाद भएका स्थानमा निर्वाचनका माध्यमबाट प्रतिनिधि छानिने छन् ।
सो अधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट नौ जनाको प्रतिनिधित्व रहने हुँदा समग्रमा दुई हजार १६० जना छनोट हुने प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार क्षेत्रीय अधिवेशनमा छनोट हुनका लागि केन्द्रीय अध्यक्ष कमल थापा मकवानपुर, राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी नुवाकोट र पूर्व अध्यक्ष पशुपति शम्शेर राणा सिन्धुपाल्चोकमा भइरहेको अधिवेशनमा सहभागी छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा भारत विजयी
-
प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन
-
गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा दलका भन्दा स्वतन्त्र उम्मेदवार धेरै, कसको चुनाव चिह्न के ?
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर