सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कला सँस्कृति जोगाउन यसरी जुटे रानाथारु

शुक्रबार, २१ माघ २०७३, १४ : ०३
शुक्रबार, २१ माघ २०७३

काञ्चनपुर–जिल्लाको भीनापा नयाँ वस्ती वनकट्टीको रानाथारु सामुदायीक होमस्टे । यो होमस्टे त्यहाँका रानाथारुहरुले समितिद्धारा सञ्चालन गरेका छन् । यो होमस्टे स्थापना गरेको एक वर्ष भएको छ । हाल आठ घरधुरीले मात्र यो होमस्टे सञ्चालन गरेका छन ।

होमस्टे सञ्चालक बोट रानाका अनुसार यो होमस्टे २०७२ मंसिर २७ गते उद्घाटन भएको थियो । डब्लुडब्लुएफको सहयोगमा सञ्चालन भएको यो होमस्टे थारुहरुले आफ्नो पहिचान, कलासँस्कृति, भेषभुषा र खानपानको प्रचारका लागि सञ्चालन गरेका हुन् । आफ्नो गाउँ ठाउँप्रति पर्यटकलाई आकर्षित गर्नुको साथै आर्थिक आर्जन पनि एक उद्देश्य रहेको होमस्टे सञ्चालितक वसन्ती रानाले बताइन् । होमस्टेमा बस्नेहरुलाई घरमा जे पोकेका हुन्छन्, त्यहीँ खुवाउँछन् । कसैलाई केही थप खान मन लाग्छ भने त्यही अनुसारको अर्डर गर्नुपर्छ, नत्र त्यहीँको भान्सामा जो पाकेका हुन्छ, त्यहीँ खानुर्ने हुन्छ । वसन्ती राना भनिन्छन्, ‘होमस्टेमा बस्ने पाहुनाहरुलाई हामी बजारका केही पनि खुवाउँदैन, आफ्नै खेतीबारीका तरकारीहरु खुवाउने गरेका छौं ।’ त्यहाँ स्थानीय गाउँ घरमा पाइने भन्दा अरु केही अर्डर गर्न पाइँदैन ।

‘कहिले काही माछा मासु बाहिर बजारबाट मात्र ल्याउनु परेको छ’, उनले भनिन्, ‘हामी जे खान्छौँ, त्यही पाहुनालाई पनि खुवाउँछाँै ।’

होमस्टेमा बस्नेहरुले इच्छा व्यक्त गरे भने साँस्कृतिक कार्यक्रमहरु पनि देखाउँछन्, त्यो पनि त्यहाँका स्थानीय थारु साँस्कृतिकको मात्र । नाचगान, सँस्कृति कार्यक्रम त्यहीका होमस्टे सञ्चालन गर्नेहरुले गरेका हुन्छन्, यदि कलाकार अपुग भयो भने मात्र बाहिरबाट ल्याउने हो । बोट राना भन्छन्, ‘हामी अहिले आठ घरपरिवारले मात्र होमस्टे सञ्चालन गरेका छौं, आठ घरले मात्र कलाकार नपुगेकाले छिमेकी घरबाट पनि लिने गरेका छाँै ।’ होमस्टेका मुख्य आकर्षक नै सबै कुरा घरकै स्थानीय वतावरण अनुसार हुन्छ ।

एउटा कोठा जसमा दुईटा बेड हुन्छ । त्यसको चार सय । सादा खानाको एकसय ३०, मासुको २५० । चियाको १० ।

साँस्कृतिक कार्यक्रमको छुट्टै रकम तिर्नुपर्ने हुुन्छ । अलग अलग होमस्टे भएपनि समितिले नै सञ्चालन गरेको हुन्छ ।

होमस्टेमा बस्ने पाहुनाहरुले समितिलाई पैसा बुझाउनुपर्छ ।

समितिले १५ प्रतिशत रकम काटेर मात्र होमस्टे सञ्चालन पैसा बुझाउने गरेको छ ।

होमस्टेका लागि सबैले दुई कोठे छुट्टै घर बनाएका छन् । जो माटो, खर, काठले निर्माण भएको छ । एउटा पनि होमस्टे घर पक्की होइन, सबै कच्ची नै हो । सबै कोठा स्ट्याच बाथरुम सहितको छ ।

हेमराज राना भन्छन्, ‘होमस्टेका लागि घर निर्माण गर्न डेढलाखदेखि दुई लाखसम्म खर्च भएको छ । त्यो खर्च अहिले कसैको उठेको छैन, सबैजना घाटामा नै छन् । नयाँ भएकाले त्यति प्रचार प्रसार भएको छैन, त्यही ग्राहकहरु आउँदैन ।’

रानाथारु सामुदायीक होमस्टेले पाहुनालाई स्वागत गर्ने, नाचगान गर्ने छुट्टै घर पनि निर्माण गरिरहेको छ । त्यसका लागि १० धुर जनिम लिएर घर पनि बनाउँदै छन् । हालसम्म त्यहाँ ६ लाख रुपियाँ खर्च भइसकेको छ । शुक्ला फाँट र झोलुङ्गे पुल हेर्ने पर्यटकहरु त्यहाँको होमस्टेमा बास बस्न जान्छन् । महाकाली नदीमा रहेको एसियाकै सबभन्दा दोस्रो ठूलो झुलुगें पुल रहेको छ त्यहाँ ।

त्यस्तै स्थानीय कला, सँस्कृति तथा खानपिनका लागि पनि मान्छेहरु होमस्टे बस्न आउने गरेको बोट राना बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप