मात्रिकाले प्रचण्डलाई भने, ‘प्रदेश इन्चार्ज बस्दिँन’
काठमाडौँ – संगठनको व्यवस्थापनप्रति असन्तुष्ट रहेका माओवादी केन्द्रका नेता मातृका यादवले पार्टी अध्यक्ष प्रचण्डसमक्ष प्रदेशको इन्चार्जबाट मौखिक राजीनामा बुझाएका छन् ।
नेता यादवले अध्यक्ष प्रचण्डलाई भेटेर २ नम्बर प्रदेशको इन्चार्ज नरहने बताएका हुन् ।
संगठनको बैठक बस्न खोज्दा नेतृत्वले सहयोग नगेर उल्टै चलखेल गरेको भन्दै यादव असन्तुष्ट रहेका छन् ।
स्रोतका अनुसार यादवले केही समयअघि नै प्रचण्डलाई आफू प्रदेश इन्चार्ज बस्न नसक्ने र आफ्नो स्थानमा अरुलाई राख्न आग्रह गरेका थिए ।
यद्यपि, यसबारे पार्टी अध्यक्ष प्रचण्डले हालसम्म कुनै निर्णय गरेका छैनन् ।
केही दिनअघि वाइसिएलको एकता भेलामा पनि मात्रिका यादव पक्षका कार्यकर्ताले विरोध गर्दै कार्यक्रम बहिस्कार गरेका थिए ।
पार्टी परित्याग गरेका यादव गत जेठमा भएको एकता प्रक्रियाबाट पुनः माओवादी प्रवेश गरेका थिए ।
यादवलाई यसबारे सम्पर्क गर्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
सीटीईभीटी तालाबन्दी निषेध क्षेत्र घोषणा
-
अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल