विद्यालयलाई ९१ लाख सहयोग जुट्यो
बिहीबार, २० माघ २०७३, ०९ : ३७
म्याग्दी - बेनी नगरपालिका–१३ तातोपानीमा रहेको सरस्वती माविलाई समुदाय स्तरबाट रु ९१ लाख सहयोग प्राप्त भएको छ ।
विद्यालयमा बुधबार सम्पन्न म्याग्दी बेनी तातोपानी शैक्षिक, धार्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमार्फत नगद रु ९१ लाख सहयोग जुटेको हो । विद्यालयमा प्राविधिक शिक्षाको विस्तार गर्ने, निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, कक्षा ११ र १२ को पठनपाठन सञ्चालन, नमुना पुस्तकालय स्थापना गर्न आर्थिक स्रोत जुटाउने उद्देश्यले माघ १३ गतेदेखि महायज्ञ सुरु भएको थियो ।
महायज्ञमा स्थानीय बासिन्दा, पूर्वविद्यार्थी, विभिन्न सङ्घसंस्थाबाट सो सहयोग प्राप्त भएको प्रचारप्रसार उपसमितिका संयोजक विक्रम बुढाथोकीले बताए । “नगद मात्र ९१ लाख रुपैयाँ प्राप्त भएको हो, जिन्सीसहित करिब डेढ करोड पुग्छ”, उनले भने ।
सत्रजना शिक्षकशिक्षिका कार्यरत विद्यालयमा पाँचजना मात्र दरबन्दीका छन् । १२ जनाको तलब निजी स्रोतबाट व्यवस्थापन हँुदै आएको छ । विद्यालयमा तीनसय २० जनाभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपिएलमा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई ५० प्रतिशत छुट
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान