सार्वजनिक सडकमा होटल मालिकको यस्तो दादागिरी !
निर्माणपक्ष भने सडक भासिनुमा अरु नै कारण देखाउँछ । निर्माणपक्षले जमिनमुनि रहेको ढलको पाईप फुटेको र पानीको चाप वढी भएपछि माटो गलेर यस्तो समस्या आएको दावी गरेको छ । कार्यस्थलमा रहेका निर्माणपक्षका ती प्रतिनीधिलले चाहिँ आफनो परिचय भने दिन मानेन ।
‘त्यहाँ ढलको पाईप छ भन्ने हामीलाई थाहा थियो ।’ उनले भने, ‘ढल र सडकलाई बचाउँन हामीले रिटेनिङ वाल समेत उठाईसकेका थियौँ । अनाचक सडक भत्कियो ।’ सडक भत्किन संचालनमा ल्याउन रातदिन दिलो–ज्यानलगाएर खटिरहेको बताउँदै उनले सुनाए, ‘हामीले संपूर्ण काम छोडेर भएपनि सडक बनाउनतिर लागेकाले अब दुई चार दिनमा सडक संचालनमा आउँछ ।’ निर्माण पक्षले सडक सुचारु गर्न वाल त लगाउन सुरु गरेको छ तर गिलो माटोका कारण वाल नै भित्रभित्र दबिरहेको छ । कारबाही गर्ने कुरै भएन : महानगरपालिका भवन निर्माण गर्नु भन्दा पहिले ठाउँ परिवेश र जग्गा अनुसारको नक्सा, माटो परिक्षणदेखि हरेक पाटोको सुक्ष्म परिक्षण मार्फत मात्रै ठूल्ठूला भवन बनाउन इजाजत दिन्छन् महानगरपालिकाले ।त्यस्तै यसमा कुनै प्राविधिक गल्ती हेर्ने भनेर ‘टेक्निकल जुरी’ समेत बनाएको थियो महानरपालिकाले । सुक्ष्म ढंगले हेरेर होटेलको भवन बनाउन इजाजत दिएको थियो ।
तर,महानगरपालिका भवननिर्माण इजाजत प्रमुख रवीन्द्र पौडेलका अनुसार यो अचानक आएको घटना हो । आफ्नो तर्फबाट सजगता र अध्ययन हुँदाहुँदै पनि सडक भत्किनु कुनै प्राविधिक विषय नभएको उनले बताए ।
‘सडक भत्केको लगतै हामीले अनुगमन पनि गर्यो । अनुगमनमा निर्माण पक्षले प्राविधिक रुपमा कमी कमजोरी देखिएन ।’ उनले भने, ‘ढल फुटेरै सडक भत्किएको भन्ने निष्कर्श निस्क्यो ।’ उनले अगाडि थपे, ‘यो भवितव्य घटेकोले गर्दा ठेकेदार पक्षले गल्ति नभएपनि आफ्नो गल्ति भएको भन्दै सडक बनाउनेतिर लागि सकेका छन् यत्ति गरि सक्दा पनि कारबाही गर्या खोई भन्न त मिलेन नि ।’ गुनासो सुनुवाई भएनस्थानीयले बेलुकाको समयमा भवन िनर्माणको कामगर्दा सुत्न नसक्ने, बालबच्चा रोईरहने, राति सुत्दा घर हल्लिएर बस्नै नसकेको र सडक समेत चर्किन थालेपछि प्रहरीदेखि महानगरसम्म हारगुहार गरेका थिए ।
आफूले भोग्नु परेको समस्या प्रहरी वृत्त, कमलपोखरीमा सुनाए पनि समस्या समाधान नभएपछि छिमेकीहरू काठमाडौं महानगरपालिका पुगेका थिए । काठमाडौं महानगरपालिकाको कानून कार्यान्वयन विभागले रात्री समयमा काम गरे निर्माण कार्य नै रोकिदिने सम्म चेतावनी दिएको थियो । तर, कामभने त्यस्तै गतिमा अगाडि बढिरह्यो । आखिर सडक भत्केरै छोड्यो भने वरपरको घरहरु समेत जोखिममा परेका छन् । सडक अझै सम्म पनि संचालनमा ल्याउन सकिरहेको छैन । नियम छलेरअझै १५/२० मिटर गहिराईमा जाने दाउमा थियो१४ तल्ले सो होटलको अन्डर ग्राउन्ड र जग २ बेसमेन्ट (२ तल्ला) सम्म खनेको थियो । खन्दाखन्दै सडक भासियो ।
कम्पनीकै क्लाईन्टको प्रतिनिधि मध्य एकले जानकारी दिए अनुसार, यदि सडक नभासिएको भएअझै १५/२० मिटर गहिराईसम्म जाने दाउ निर्माण पक्षको थियो । जुन सडक भासिएपछि रोकियो । जतिसुकै तल्ले घर बनाएपनि २ बेसमेन्ट भन्दा गहिराई सम्मजान नपाउने नियम छ । तर होटेल व्यवसायी भने यो नियमलाई पनि छल्ने दाउमा थिए । जुन पुरा हुन सकेन । २ बेसमेन्टमै कायम रहनपुग्यो । नियममा के छ ? १० हजार वर्ग फिट भन्दामुनिको भवन भएकाले यस होटेलको इजाजत काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंमा भवननिर्माण अघि गर्नु पनिप्लानिङ पर्मिट पास गराएर महानगरपालिकामा भवन निर्माणको स्विकृती लिनुपर्ने प्रावधान छ । सम्बन्धित निकायका अधिकारीहरुका अनुसार होटेलले पुर्याउनु पर्ने मापदण्ड सबै पुरा गरेको छ । तर कागजी रुपमा प्रकृया परा गरे पनि कार्य क्षेत्रमा के भईरहेको छ ? निर्माण व्यवसायीले के गरिरहेको छ ? भन्ने नियमित अनुगमनगर्ने संयन्त्र भने छैन । जसका कारण यो अबस्था व्यहोर्नु पर्यो ।स्थानीयको बासको टुंगो छैन । व्यापार व्यवसाय चौपट छ । तनावको स्थिति सिर्जना भएको छ । तर, न सरकारले ध्यान दिएको न निर्माण पक्षले वास्तै गरेको छ । यहाँका स्थानीय दोहोरो मारमा परिरहेका छन् ।
अहिले सम्मको सरकारी संयन्त्र भनेको भवन निर्माण भैरहँदाभन्दा पनि भवन निर्माण भईसकेपछि सडक कति छोड्यो, हरियाली कति कायम गर्यो लगायतका कुराहरु हेर्छन । निर्माण पक्षले सडक र छरछिमेकको घरलाई असर पुग्ने गरी काम गरेको विषयमा उनीहरुले ध्यान दिएका छैनन् । मनपरी ढंगले संरचना बनाएर सडकलाई ३ हप्तादेखि ठप्प बनाएकालाई कारबाही गर्नुको सट्टा सरकारी निकाय थप हौसला दिईरहेका छन्खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’