शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

पुनःनिर्माण गरिएका दुईवटा विद्यालय भवन हस्तान्तरण

बिहीबार, १३ माघ २०७३, ०९ : ५७
बिहीबार, १३ माघ २०७३
रसुवा - दाताहरुको सहयोगमा भूकम्पपछि पुनःनिर्माण गरिएका दुईवटा विद्यालय भवन सम्बन्धित विद्यालयलाई बुधबार हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको अगुवाइमा विभिन्न संस्थाहरुको लगानीमा धुन्चेमा निर्मित पक्की हिमाली छात्राबास र राम्चेको सेतीभूमि माविमा कक्षा कोठाका लागि निर्मित प्रिफेब भवन दाताहरुले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका हुन् । ९२ लाखको लागतमा खाटसहितको सुविधायुक्त छ कोठे छात्राबास र ३८ लाखको लागतमा चारकोठे विद्यालय भवन निर्माण गरिएको हो । छात्रावासमा भने भण्डार, भान्छा, डाइनिङ रुम र शौचालय समेतको व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप