बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ घाइते
मोरङ - बनिगामा र झोराहाटमा आज बस र ट्र्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । विराटनगरबाट विराटचोकतर्फ आउँदै गरेको ना२ख ७१७८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । बस बनिगामा–४ स्थित कालाबन्जारमा आफँै अनियन्त्रित भएर सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए ।
दुर्घटनामा परेर भोजपुर, आम्तेक–१ की ५१ वर्षीया देवी विक तथा मोरङ बनिगामा–१ का १९ वर्षीय निराजन खवास र तेतरिया–९ की १६ वर्षीया सवीना श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनीहरुको नोबेल मेडिकल कलेज, विराटनगरमा उपचार भइरहेको छ ।
त्यस्तै मोरङकै झोराहाट–२ स्थित भृकुटीचोकमा को१त ६४९१ नंको ट्र्याक्टर दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा सहचालक मोरङ, भौँडाहा–९ का २२ वर्षीय अर्जुन उराउ र कोसीहरैँचा–१५ का २३ वर्षीय आशाराम ऋषिदेव घाइते भएका हुन् । घाइते दुवैको न्युरो अस्पताल, विराटनगरमा उपचार भइरहेको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा योगदानकर्ता र रोजगारदाता दुवैलाई नोक्सान छैन’
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम