डुङ्गा तरेबापत ‘अन्न’ बुझाउँछन् कुतियाकवरवासी
भीमदत्तनगर - नेपाल–भारत सीमा नाकासित जोडिएको एक नेपाली बस्तीका नागरिक आफ्नो देशको अन्य भू–भागमा आवातजावत गर्न २०२२ सालदेखि डुङ्गामा यात्रा गर्न बाध्य छन् भन्दा पत्यार नलाग्न सक्ला । तर त्यो यथार्थ अवस्था कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० कुतियाकवरवासीले भोग्दै आएका छन् । अझ डुङ्गा चढेबापत वार्षिक रुपमा डुङ्गावालालाई प्रतिपरिवार एक क्विन्टल अन्न ९धान वा गहुँ० बुझाउनु स्थानीयवासीको नियति नै बनेको छ ।
छत्तीस परिवार आश्रित जिल्लाकै विकट बस्ती हो कुतियाकवर । कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरबाट झन्डै एक घन्टाको यात्रामा सहजै पुग्न सकिने कुतियाकवरको अवस्था भने निकै दयनीय छ । दलित बाहुल्यता रहेको बस्तीमा आवागमनका लागि स्थानीय जोगबुढा नदीमा डुङ्गाको यात्रा गर्नैपर्ने बाध्यता वर्षांैदेखि रहँदै आएको छ ।
स्थानीय खड्के बुढाले जोगबुढा नदीमा डुङ्गामा चढेबापत डुङ्गा चालकलाई वार्षिक रुपमा कुतियाकवरका प्रतिपरिवारले रुपैयाँको साटो एक÷एक क्विन्टल अन्न दिने गरेको बताए । “एक क्विन्टल धान, वा गहुँ डुङ्गा चालकलाई दिए एक परिवार वर्षभरि ओहोरदोहार गर्न पाउँछन् ।” उनले भने – “अतिविपन्न परिवारले क्षमताअनुसार अन्न दिन्छन् ।”
सरकारी विकासका नाउँमा गत वर्ष गाउँको १७ मिटर बाटोमा ग्राभेल हालिएको उनको भनाइ छ । “मन्त्री रमेश लेखकको पहलमा अहिले जोगबुढा नदीमा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छ ।” बुढाले भने –“पुल बनेपछि डुङ्गाको यात्राको अन्त्य हुनेछ ।” कुतियाकवरका ३६ वटै परिवारले वार्षिक रुपमा डुङ्गा चढेबापत अन्न बुझाउने गरेको उनले बताए ।
“हरेक वर्ष असार मसान्तमा अन्न बुझाउने काम हुन्छ ।” उनले भने – “एक क्विन्टल अन्न दिए वर्षभरि डुङ्गाको सहारा लिन पाइन्छ ।” झोलुङ्गे पुल बन्न थालेपछि गाउँमा विकास हुने आशासँगै खुसियाली छाएको उनले बताए । “सधैँ पैसा नहुने भएकाले पनि वार्षिक अन्न दिनु परेको हो” बुढाले भने – “प्रतिव्यक्ति एकपटक चढे रु १० तिर्नुपर्छ ।”
“पुल बने पनि बस्ती किनारमा तटबन्ध पनि निकै आवश्यक छ ।” बुढाले भन्नुभयो–“तटबन्ध भयो भने बस्ती जोगिन सक्छ ।” दोधारा चाँदनीका स्थानीयवासी सुरेश गिरीले रु ८० लाखको लगानीमा जोगबुढामा पुल बनिरहेको जानकारी दिए । “पुल बनेपछि कुतियाकवरवासीलाई निकै सहज हुन्छ ।” उनले भने –“अन्य पूर्वाधार विकास र सुविधाका लागि सरकारले ध्यान दिनु आवश्यक छ ।”
जोगबुढा नदीमा पुलको समस्या मात्रै होइन, कतियाकवरमा शान्ति सुरक्षादेखि, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका कुनै पूर्वाधार त्यहाँ छैनन् । सरकारी सहुलियतका नाउँमा गत वर्ष कञ्चनपुर क्षेत्र नं ४ का निर्वाचित व्यवस्थापिक–सांसद तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले गाउँमा उज्यालोका लागि वितरण गरेका एक दर्जन सोलारमात्रै देख्न पाइन्छ ।
“सरकारले २०२२ सालमा सीमा सुरक्षामा बल पुगोस् भनेर दुर्गम कुतियाकवरमा बस्ती बसाएयता कुनै वास्ता गरेको छैन ।” कुतियाकवरका स्थानीय अगुवा ऐनबहादुर सुनारले भने –“प्रशासनिक कामबाहेक अन्य सबै कुराका लागि भारतीयको भर पर्नुपर्ने बाध्यता छ ।”
गाउँका प्रायः बेरोजगार युवा रोजगारीका लागि भारतका विभिन्न स्थान गएको स्थानीयवासीको भनाइ छ । “गाउँमा गरिबीको कुनै सीमा छैन ।” उनले भने – “न रोजगारी छ न त अन्य कुनै सुविधा नै ।”
“वर्षात्मा गाउँबाट विद्यार्थीलाई अध्ययनका लागि स्कुल जान पनि निकै दुःख हुन्छ ।” गाउँका विद्यार्थी अर्जुन सुनारले स्कुल जाँदा सधैँ त्रासमा जानु परेको दुःख सुनाए । “वर्षात्मा त नदीमा बाढी आयो भने डुङ्गासमेत चल्न सक्दैन ।” उनले भने – “डुङ्गा नचले स्कुल छेउछाउका स्थानीयसित आश्रय माग्नुपर्ने हुन्छ ।”
जोगबुढा नदी पहिले साना खोलामात्रै रहेको बताउँदै स्थानीयवासी ऐनबहादुर सुनारले कुतियाकवर बस्ती नै अन्यत्र सार्ने योजना पहिले सरकारले बनाएको बताए । “समस्या भयो भनेर बस्ती बेलौरी सार्ने हल्ला गरेर यहाँ भएको तीनसम्मको स्कुल अन्यत्र सारियो ।” उनले भने – “स्कुल त स¥यो तर बस्ती सरेन ।”
बस्तीमा रहेको स्कुल अन्यत्र सारेका कारण पनि कुतियाकवरका बालिकालाई स्कुल पढ्न समस्या भइरहेको छ । “पुल नहुँदा बालबालिका स्कुल नै जान गाह्रो मान्छन्” उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
-
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड