मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

ईटहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा

आइतबार, ०९ माघ २०७३, ०६ : ४४
आइतबार, ०९ माघ २०७३

सुनसरी– सुनसरीको ईटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिको मातहतमा एम.डि.जी.पी. डा. आदर्श झा(ने.मे.का.नं. ३१२२) लाई स्वंयम सेवकको रुपमा अनुवन्धित गरी विशेषज्ञ सेवा सुरु गरिएको स्वास्थ्य केन्द्रका हेल्थ असिष्टेण्ट रामकुमार धमलाले वताए ।

डा.झालाई एक कार्यक्रमका विच केन्द्र संचालन तथा व्यवस्थापन समितिका सदस्य धु्रवकुमार लिम्वुले स्वागत गर्दै ईटहरीका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास राखे ।

केन्द्रमा स्थायी मेडिकल अधिकृत नहुदां अफ्ट्यारो परिरहेको वेला सिनियर फेमिली फिजिसियन पाउँदा लामो समय सम्म अनुकूल वातावरण वनाई डा. झावाट स्वास्थ्य सेवा प्रवाह गर्नु चुनौती पूर्ण रहेको डेण्टल अधिकृत डा. रामसुन्दर चौलागाईले वताए ।

झाले आफु सामाजिक सेवा गर्न ईच्छुक भएको र सेवा गरी रहेकोले दैनिक कार्य अवधि समयबाट २ घण्टा समय निकालेर इटहरी प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवादिने प्रतिवद्धता व्यक्त गरे ।

झासँग स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिले विहान १० वजे देखी १ घण्टा ३० मिनेट निशूल्कओ.पि.डी./ईमरजेन्सी/सुरक्षितप्रसुति सेवालगायत प्राविधिक सेवा संचालन गर्न सम्झौता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप