मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सबै नागरिकलाई उद्यमी बन्न उद्योगमन्त्रीको आह्वान

आइतबार, ०९ माघ २०७३, ०६ : ४२
आइतबार, ०९ माघ २०७३

काठमाडौ–सरकारले सबै नागरिकलाई उद्यमी बन्न आह्वान गरेको छ । आईताबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी उद्योगमन्त्री जोशीले सहिद दिवसको अवसर पारेर सरकारले सबै नागरिक उद्यमी बन्न सक्दा मात्रै सहिदहरुको सच्चा सम्मान हुने अवधारणा अघि सारेको स्पष्ट पारे ।

उनले मुलुकलाई समृद्ध बनाउन सकेमात्रै सहिदहरुप्रति सच्चा सम्मान हुने भएकाले मन्त्रालयले १० गतेबाट उद्यमी बन्न आह्वान गर्दै विभिन्न कार्यक्रम संचालन गर्न लागेको पनि बताए । मन्त्रालयले उद्यमी बनी राष्ट्रको समृद्धिमा योगदान, सहिदहरुप्रति श्रद्धाञ्जली र सम्मान उल्लेख गरिएको ब्यानर मन्त्रालय अन्तरगतको सबै निकायमा राखेर देशभरसहिद दिवस मनाउन लागिएको जनाएको छ ।

उद्योग मन्त्रालयले स्थानीय स्तरमै अल्लो प्रशोधन गर्न मेसिन जडान गर्ने कार्य योजना पनि अघि सारेको छ । नेपालमै उत्पादन गरिएका मेसिन प्रयोग गरी अल्लो उद्योगको संचालनलाई सहज बनाउन लागिएको हो ।

मन्त्री जोशीले २२ वटा जिल्लामा अल्लो प्रशोधन मेसिन जडान गर्ने तयारी गरिएको बताए । त्यसै गरी मन्त्रालयले पेट्रोलियम पदार्थ लगायतका खनिज पदार्थको अन्वेषणको काम अघि बढाउन खानी तथा भूगर्भ विभागलाई निर्देशन दिएको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप