काभ्रेपलाञ्चोकमा भूकम्पपीडितले पहिलो किस्ताकै रकम पाएनन्
बनेपा - काभ्रेपलाञ्चोकमा सरकारले उपलब्ध गराएको पहिलो किस्ताबापतको रकम अझै पनि भूकम्पपीडितले पाउन सकेका छैनन् ।
व्यक्तिगत नाममा जमिन नभएको, लाभग्राहीका सूचीमा नाम प्रकाशन भए पनि विदेश बसेको लगायत कारणले अहिलेसम्म पाँच हजार दुई सय ९८ भूकम्पपीडितले पहिलो किस्ताबापतको रु ५० हजार पाउन नसकेको जिविस काभ्रेपलाञ्चोकले जनाएको छ ।
जिल्लाका ७५ गाविस र पाँच नगरपालिकामा ६७ हजार सात सय ११ लाभग्राहीमध्ये ६२ हजार चार सय १३ जनासँग मात्रै अनुदान सम्झौता भएको छ । स्थानीय विकास अधिकारी टेकराज निरौलाले जिल्लाका १२ गाविसमा मात्रै पूर्ण रुपमा लाभग्राहीसँग सम्झौता भएको जानकारी दिँदै भूकम्पपीडितका लागि दोस्रो किस्ता वितरण गर्न अझै निर्देशिका नआएको बताए ।
अनुदान सम्झौता भएका गाविसमा मिल्चे, साल्धारा, विर्ता देउरालीलगायत पर्छन् । “विविध कारणले अझै पनि छुट भएका गाविस र नगरपालिकाबाट अनुदान सम्झौताका लागि आउने क्रम जारी छ ।” निरौलाले भने ।
उनले काभ्रेपलाञ्चोकमा पुनः निर्माणको कामबारे पनि कुनै प्रतिवेदन नआएको उल्लेख गर्दै दोस्रो किस्ताबापतको रकम आउन अझै केही समय लाग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
-
प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
-
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ