रामपुर महोत्सवमा रु चौध करोड भन्दा बढीको कारोबार
पाल्पा - पाल्पाको रामपुरमा सञ्चालन भएको प्रथम रामपुर महोत्सवमा रु १४ करोड भन्दा बढीको कारोबार भएको छ ।
गत पुस २७ गतेदेखि माघ ८ गतेसम्म सञ्चालन भएको मेलामा व्यापारिक कक्षतर्पm रु ११ करोड ६५ लाख ५० हजार, होटेल तथा रेस्टरेन्टतर्फ रु ४९ लाख ५० हजार, बाल उद्यानतर्फ रु ४१ लाख ५० हजार र टिकटतर्फ रु ३२ लाख दुई हजार ५७५ गरी रु १२ करोड ८८ लाख ५२ हजार ५७५ बराबरको कारोबार भएको छ ।
त्यस्तै अटोमोबाइल्सबाट रु एक करोड ४८ लाख ५० हजार बराबरको कारोबार भएको छ । मेला अवधिभर जम्मा रु १४ करोड ३७ लाख दुई हजार ५७५ बराबरको कारोबार भएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेलाका संयोजक भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । मेला दुई लाख दर्शकले अवलोकन गरेको अनुमान आयोजककोे छ ।
रामपुर उद्योग वाणिज्य संघको मुख्य आयोजना,रामपुर नगरपालिकाको आयोजना,जिल्ला विकास समिति पाल्पा,कृषि विकास कार्यालय पाल्पा र घरेलु तथा साना उद्योग कार्यालयको सहआयोजनामा भएको महोत्सवमा आयोजकले रु १० करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएपनि लक्ष्य भन्दा बढी मेलामा कारोबार भएको छ । मेलामा दुई सय वटा व्यापारिक स्टल,चार वटा अटोमोवाइल्स,२६ होटेल तथा रेष्टुरेन्ट र एउटा फोटो प्रदर्शनी राखिएको स्टल संयोजक दोवराज तिवारीले बताए ।
मेलामा दरै समुदायको परम्परागत कुडुले घरमा,कृषिका स्टल, अदुवा, च्याउखेती, गेडागुडी , उँट,अस्ट्रिज,बालउद्यान आकर्षण बनेको थियो । प्यारामोटर, हेलिकोप्टरबाट समेत गण्डकीवेशीका विभिन्न स्थानको अवलोकन गर्ने व्यवस्था थियो । प्यारामोटरमा ५० र हेलिकप्टरमा एक सय ५० जनाले अवलोकन गरेको सचिवालय संयोजक विष्णुप्रसाद पौडेलले बताए ।
रामपुर क्षेत्रको पहिचान स्थापित गरी यहाँका उद्योग तथा व्यापार व्यवसाय र कृषिको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, स्थानीय कला संस्कृतिको संरक्षण तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्धेश्यका साथ आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य घटसँगै सुन किन्नेको भीड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल
-
सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान्–श्रीमती र छोराछोरीको उपचार खर्च पनि बेहोर्ने
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा