सरकारलाई टिपेर फालिन्छ : ओली
काठमाडौँ – प्रमुख प्रतिपक्ष नेकपा एमालेले तत्काल निर्वाचनमा नजाने हो भने सरकारलाई टिपेर फाल्ने चेतावनी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई निर्वाचन गराउने कि नगराउने भनि प्रश्न समेत गरे । एमाले भक्तपुरले आज यहाँ आयोजना गरेको पार्टीका नयाँ सङ्गठित सदस्यलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन नगराउने हो भने सरकारलाई टिपेर फाल्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष ओलीले निर्वाचन गराउनुपर्ने सरकारले ६ महिना लाग्दा समेत सिन्को नभाँचेको आरोप पनि लगाए । अध्यक्ष ओलीले मंसीर दोस्रो साता भित्र तीनै तहको निर्वाचन गराउन तयार नभए सरकार हटाउन आफूहरु बाध्य हुने पनि स्पष्ट पारे ।
सरकारले तीनवटै तहको निर्वाचन कार्यतालिका मिति तत्काल घोषणा गर्न नसक्ने हो भने सत्तामा बसिरहन नमिल्ने बताए । चुनाव गराउन नसके सरकार छाड्नुपर्ने औँल्याउँदै अध्यक्ष ओलीले भने – “आज मेरो प्रधानमन्त्रीसँग कुराकानी हुँदैछ, म उहाँलाई भन्नेछु, सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन, चुनाव गराउने होइन भने तत्काल सरकार छाड्नुस् ।”
अध्यक्ष ओलीले मुलुकलाई नोक्सान हुने कुनै पनि खालको गतिविधि हुन नदिने दृढता पनि व्यक्त गरे । सरकारले संविधान संशोधन प्रस्ताव नामको वृष वृक्ष रोप्न खोजे पनि त्यसलाई कुनै पनि हालतमा हुर्कन नदिन आफनो पार्टी प्रतिवद्ध रहेको दोहो¥याउनु भयो । अध्यक्ष ओलीले मुलुकलाई नोक्सान पु¥याउन विभिन्न गतिविधि भईरहे पनि त्यसलाई रोक्न आफनो पार्टी सफल हुने दावी समेत गर्नु भयो । उहाँले विष वृक्ष सानै भएपनि पछि फैलिएर देशलाई नोक्सान पु¥याउने भएकाले त्यसलाई रोक्न एमाले सचेत रहेको पनि उल्लेख गरे । कार्यक्रममा दर्जनौं एमाले प्रवेश गरेका थिए । उनीहरुलाई स्वागत गर्दै अध्यक्ष ओलीले देश र जनताको हितमा समर्पित हुन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भिड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल