वीरगन्जमा अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिता जारी
वीरगन्ज – वीरगन्जमा जारी अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिता अन्तर्गत आज भएको छात्र तर्फको पहिलो खेलमा जिएचपी मावि विजयी भएको छ ।
आदर्शनगर रंगशालामा भएको खेलमा जिएचपी माविले विद्यासदन माविलाइ एक अंकको झिनो अन्तरले पराजित गरेको हो । निर्धारित ४० मिनेटको खेलमा जिएचपी माविले ५२ र विद्यासदन माविले ५१ अंक प्राप्त गरेको हो । म्यान अफ दी म्याच विद्यासदन माविका सुरेन्द्र चौधरी घोषित भएका थिए ।
आजै भएको छात्र तर्फको अर्को खेलमा ग्रेस मावि विजयी भएको छ ।
ग्रेस माविले साउथ जोन माविलाइ हराएको हो । निर्धारित ४० मिनेटको खेलमा ग्रेस माविले ४३ र साउथ जोन माविले ३३ अंक प्राप्त गरेको हो । म्यान अफ दी म्याच ग्रेस माविका गुल्शन साह घोषित भएका थिए ।
प्रतियोगितामा आजै भएको छात्रा तर्फको पहिलो खेलमा कन्चनजंघा मावि विजयी भएको छ । कन्चनजंघाले माउण्ट मकालुलाइ हराएको हो ।
निर्धारित ३० मिनेटको खेलमा कन्च्नजंघाले ४७ र माउण्ट मकालुले २७ अंक प्राप्त गरेको हो । म्यान अफ दी म्याच कन्च्नजंघा माविकी सोनी मोक्ताङ्ग घोषित भएका थिए । यस्तै छात्रा तर्फ नै भएको अर्को खेलमा वीरगन्ज पब्लिक स्कुलले ग्रेस माविलाइ हराएको छ । निर्धारित ३० मिनेटको खेलमा बीरगन्ज पब्लिक स्कुलले ७१ र ग्रेस माविले केवल १५ अंक मात्र प्राप्त गरेको हो ।
म्यान अफ दी म्याच बीरगन्ज पब्लिक स्कुलकी श्रुती गौरो घोषित भएको म्याक्स इन्टरटेन्मेन्ट एंण्ड एड्भरटाइजींगका संयोजक अमीत अग्रवालले जानकारी दिए । माघ १२ गते सम्म चल्ने प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ ६ गरि कुल १२ वटा निजी विद्यालयलका १८ टिमले भाग लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
-
प्राधिकरणमा छानबिन गर्न सरकारले बनाएको समितिका संयोजकबाट काम गर्न अस्वीकार
-
नबिल एसएसईले मनायो तेस्रो वार्षिकोत्सव
-
इजरायलस्थित नेपाली राजदूतावासले हुण्डीको प्रयोग नगर्नेलाई थप सुविधा दिने
-
सामाजिक सुरक्षा कोष ७ औँ वर्षमा प्रवेश, १७ लाख ९७ हजार श्रमिक आबद्ध
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ