मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बालाजुमा भेटियो घरेलु मदिरा बनाउने कारखाना, ११५० लिटर बरामद

शुक्रबार, ०७ माघ २०७३, १८ : ५१
शुक्रबार, ०७ माघ २०७३

काठमाडौं–काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ढुंगेधारामा अबैध घरेलु मदिरा बनाउने कारखाना फेला परेको छ । शुक्रवार मध्यान्ह बालाजु प्रहरी वृतबाट खटिएको प्रहरी टोलीले उक्त कारखानामा फेला परेको १,१५० लिटर कच्चा पदार्थ सहितको घरेलु मदिरा नष्ट गरेको छ । जस्ताको टहरा बनाएर घरेलु मदिरा कारखाना चलाउँदै आएकी रत्ना गुरुङ र चौमाया सुनुवारलाई महानगरीय प्रहरी वृत बालाजुका इन्सपेक्टर ऋषि मगरको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । ‘दुईओटा कारखाना सञ्चालकलाई नियन्त्रणमा लिएका छौं’ बालाजु वृतका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष तामाङले भने, ‘कारखाना सञ्चालकलाई कारवाहीका लागी अन्तशुल्क विभाग पठाउँछौं ।’ अवैध रुपमा मदिरा कारखाना सञ्चालन भएको स्थानमा फोहोर मोजा तगा लत्ताकपडा र अन्य अखाद्य पदार्थ समेत भेटिएको प्रहरीले जनाएको छ । बालाजु प्रहरीले गत पुस १९ गतेदेखी घरेलु मदिरा नियन्त्रण गर्न एक महिने अभियान शुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप