मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

नाडाको टयाक्स स्कील तालिम सम्पन्न

शुक्रबार, ०७ माघ २०७३, १६ : ५५
शुक्रबार, ०७ माघ २०७३

काठमाडौ–नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा तालिम सहितको वर्कसप अन इन्हाचिन्ङ टयाक्स स्कील तालिम सम्पन्न भएको छ ।

शुक्रबार काठमाण्डौको ग्राण्ड होटलमा नाडाका निमित्त अध्यक्ष शम्भु प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ८१ वटा सदस्य फर्महरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा भन्सार विभागका निर्देशक लावन्यकुमार ढकाल, आन्तरिक राजश्व विभागका निर्देशक राजकुमार खतिवडा तथा सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नाडाका निमित्त अध्यक्ष दाहालले सहभागिहरुलाई आजको हिसाब आजै राख्न ब्यबशायीलाई आग्रह गरे ।

सरकारको प्रतिनिधित्वसहित यस किसिमको तालिम कार्यक्रम आयोजना गरेको पहिलो भएको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल खुद्रा व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुमा केन्द्रित रहेर तालिम आयोजना गरिएको नाडाका उपाध्यक्ष देबकाजी श्रेष्ठले बताए ।

उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । कार्यक्रमको व्यवस्थापन नाडाका महासचिव कृष्णप्रसाद दुलालले गरेका थिए भने सो कार्यक्रमको संयोजन नाडाका कोषाध्यक्ष तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप