असन्तुष्टलाई मिलाउन तमलोपाको कार्यसमिति विस्तार, अब सात जना महासचिव, छ सहमहामन्त्री
काठमाडौँ – तराई मधेश लोकतान्त्रिक पार्टीले आफ्नो केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको कार्यसमिति समावेशी नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।
असन्तुष्टलाई मिलाउनका लागि पार्टी अध्यक्ष महन्थ ठाकुरले सात जनालाई विभिन्न पदाधिकारीमा चयन गरेका हुन् ।
जसअन्तर्गत डा. विजय सिंहलाई, उमाकान्त झा, चन्दा चौधरी, जितेन्द्र सिहलाई महामन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरु यसअघि केन्द्रीय सदस्य थिए ।
त्यस्तै डा.सुरेन्द्र झा, समिम मियाँ अन्सारी र रामप्रवेश बैठकलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ । उनीहरु पनि यसअघि केन्द्रीय सदस्य थिए ।
अब पार्टीमा सातजना महासचिव र छ जना सहमहामन्त्री भएका छन् । यसअघि वृजेश गुप्ता र जंगीलाल राय यादवलाई महासचिव बनाइएको थियो । दोस्रो पटक विस्तार हुँदा मात्र जितेन्द्र सोनललाई महामन्त्री बनाइएको थियो । अहिले तेस्रो पटकको विस्तारमा चारजना महामन्त्री थपिएका हुन् ।
यसअघि तीनजना सहमहामन्त्रीमा जयप्रकाश ठाकुर, पशुपति मिश्रा र राकेश मिश्र थिए । अब पार्टीमा छ जना सहमहामन्त्री भएका छन् ।
अहिले जतिजनालाई पदाधिकारीमा ल्याइएको छ, उनीहरु सबै पार्टी नेतृत्वको आलोचना गरिरहेका थिए । फेसबुकमार्फत उनीहरुले कार्यसमितिको खुलेर विरोध गरेका थिए ।
उच्च जाति (बाहुन) हरुको पार्टी भयो भनेर नेताहरुले असन्तुष्टि जनाइरहेका थिए । सोही विरोधका कारण बाध्य भएर पदाधिकारी विस्तार गरिएको हो ।
पार्टीलाई गतिशिल बनाउन विभिन्न जात–जाति समुदाय वर्गलाई पार्टीमा सहभागि गराउनका लागि विधानको धारा २६ (क) ३ को अनुसार उनीहरुलाई पदाधिकारीमा ल्याएको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
महाधिवेशनबाट पदाधिकारीमा नल्याएपछि जितेन्द्र सिंहले तमलोपा राजावादीको कब्जामा गएको आरोप लगाएका थिए । अहिले उनलाई महामन्त्री बनाइएको छ । उनले पार्टीले महाधिवेशनको नाटक मञ्चन गरेको आरोप लगाउँदै केन्द्रीय समिति अलोकतान्त्रिक प्रकृयाबाट भएको पनि आरोप लगाएका थिए ।
त्यतिमात्र होइन, महन्थ ठाकुर, ह्रदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला र बृषेशचन्द्र लालले षड्यन्त्र गरेर पदाधिकारीमा आएको उनले आरोप लगाएका थिए । आज त्यही अलोकतान्त्रिक कार्यसमितिका महामन्त्री भने उनले स्वीकार गरेका छन् । जितेन्द्र सिंहले पार्टी छाड्ने तयारी पनि गरिसकेका थिए ।
ब्राहमणवादीको कब्जामा रहेको तमलोपाका नेतृत्व पंक्तिले आफूहरुसँग विश्वासघात गरेको पनि उनले आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई