मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोकमानलाई कालोमोसो दल्नेहरु छुट्दा भव्य स्वागत

शुक्रबार, ०७ माघ २०७३, १४ : ५१
शुक्रबार, ०७ माघ २०७३

काठमाडौं– लोकमान सिंह कार्कीमाथि गत पुस ७ गते सर्वोच्च अदालतको पेशी कक्षभित्रै कालोमोसो दल्ने विप्लब नेतृत्वको नेकपा (माओवादी) का दुईजना कार्यकर्ता शुक्रबार रिहा भएका छन् ।

कालोमोसो दलेपछि अदालत परिसरबाटै पक्राउ परेका अखिल (क्रान्तिकारी)मा आबद्ध प्रकाश शाही र चन्द्र बुढालाई प्रशासनले अवहेलना मु्द्दा लगाए एक महिनाको जेल सजाय सुनाएको थियो ।

कारवास सजाय सकाएर शुक्रबार बिहान साढे ९ बजे रिहाई हुने भनेपछि माओवादीका कार्यकर्ताहरु बिहानैदेखि केन्द्रीय कारागार सुन्धारामा भेला भएका थिए । तर सरकारी वकिलको पत्र ढिलो पुगेको र प्रक्रिया पु¥याउन बाँकी रहेको भनेर दुवै जनालाई टेकु लिएपछि माओवादी कार्यकर्ताहरु पनि टेकु पुगेका थिए ।

माओवादीका नेता कार्यकर्ताले उनीहरु रिहाई भएपछि फुलमाला र अभिर लगाएका थिए भने नारा जुलुस गर्दै टेकुदेखि त्रिपुरेश्वरसम्म ¥याली निकालेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप