प्रियंकालाई १० प्रश्न : सुन्दरता चाउरिएर जान्छ, इमान्दार भए पुग्छ
कतिपय अभिनेत्री काम नपाएर फुर्सदिला बनेका छन् । तर अभिनेत्री प्रियङ्का कार्कीलाई भने अहिले कामको चटारो छ । एकपछि अर्काे चलचित्र उनको हातमा परिरहेका छन् । देश विदेशका कार्यक्रम र म्युजिक भिडियो पनि त्यतिकै छन् । पछिल्लो समय चलचित्रमा रुचाइएकी अभिनेत्री पनि हुन् उनी । उनको अभिनय रहेको चलचित्र ‘छक्का पञ्जा’ चलचित्र घरमा मात्र होइन युट्युबमा पनि रेकर्ड बनाइरहेको छ । अभिनेता दयाहाङ राईदेखि हास्य कलाकार दीपराज गिरीसम्मको हिरोइन बनेकी उनी सबै हिरोसँग सुहाउने अभिनेत्री हुन् । प्रस्तुत छ यी नै अभिनेत्री प्रियङ्कालाई रातोपाटीको दस प्रश्न :
जाडोमा आफ्नो सौन्दर्यको ख्याल कसरी गर्ने गर्नु भएको छ ? जाडोमा स्क्रिन निकै ड्राई हुन्छ । यो समयमा छालालाई निकै ख्याल गर्नुपर्छ । चलचित्रको कामको सिलसिलामा कहिले एकदमै चिसो ठाउँमा पुग्नुपर्छ भने कहिले निकै गर्मी ठाउँमा पनि जानुपर्छ । जाडो ठाउँमा जानु, जाडोमा स्किनमा म ग्लिसिरिन र भ्यास्लिन मज्जाले अनुहारमा लगाउने गर्छु । शरीरका विभिन्न भागमा पनि यही लगाउने गरेको छु । ओठमा क्रिमहरु लगाउँछु ।
कुन मौसम मनपर्छ तपाईंलाई ? मलाई जाडो र गर्मीको बीचको समय निकै मनपर्छ । किनभने यो समयमा जाडो पनि हुँदैन । गर्मीले पनि सताउन सक्दैन ।
तपाईंको जीवनमा केले खुसी दिन्छ ? म स–साना कुराले पनि खुसी हुने मानिस हुँ । खुसी हुन त्यस्तो ठूलो केही हुनुपर्छ भन्ने छैन मलाई । हरेक दिन काम होस् कि नहोस्, त्यसमा पनि खुसी भइरहेकी हुन्छु । साथीभाइ भेट हुँदा, नयाँ कामको कुरा हुँदा जेमा पनि खुसी हुने बानी छ मेरो ।
मनपर्ने खाना के होला नि ? रारा चाउचाउ र अन्डा पकाएर खान म रुचाउँछु । यो मेरो सबैभन्दा मनपर्ने खानेकुरा पनि हो । यो सानैदेखिको मनपर्ने खान हो । यो बानी अहिलेसम्म पनि हटेको छैन ।
घुम्न कतिको मनपर्छ ? म लगातार घुुमेको घुमेकै छु । घुम्न मन नपर्ने भए म धेरै कार्यक्रमहरु गर्दिन थिएँ होला । मलाई यात्रा गर्न सबैभन्दा रमाइलो लाग्छ । फ्लाइट झनै आनन्द लाग्छ ।
राजधानीको सबैभन्दा मन नपर्ने पक्ष के हो ? राजधानीको पोलुसन मलाई सबैभन्दा मन नपर्ने पक्ष हो । यहाँ सवारी साधनको धुवाँ पनि त्यतिकै छ । जताततै सडकहरुमा धुलैधुलो छ । बाहिर कतै निस्कनुपर्दा निकै सकस खेप्नुपर्छ ।
बिर्सनै नसक्ने घटना पनि छ कि ? मिस टिन घोषित भएको दिन म कहिलै पनि बिर्सन सक्दिनँ । किनभने यस दिनले मेरो जीवनमा धेरै अवसरका ढोकाहरु खोलिदिएको छ ।
रोजाइको डेटिङ प्लेस ? म खासै डेटिङ जाँदिन । मलाई डेटमा जानुपर्ने भयो भने इजी प्लेस मन पर्दैन । प्राइभेट प्लेसमै जान चाहन्छु । शान्त ठाउँ पनि चाहिँदैन । जति सिम्पल ठाउँ भयो त्यति राम्रो ।
रोजेको व्यक्तिसँग डेटिङको अफर आयो भने नि ? त्यस्तो अवसर मिलो भने प्रिन्स ह्यारीसँग डेटिङ जान चाहन्छु । किनभने ऊ मलाई धेरै मनपर्छ ।
कस्तो पुरुष मनपर्छ ? इमानदार नै मनपर्छ । अनुहार, हाइटलगायतका कुरासँग मलाई केही मतलब लाग्दैन । किनभने एक दिन सबै चाउरिएर मर्नुपर्छ । मानिस इमानदार हुनुपर्यो । मन राम्रो हुनुपर्यो, मेरो कामलाई बुझ्ने हुनुपर्यो । अरु जे भए पनि मलाई फरक पर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
एकीकृत समाजवादीका ३४४ नेता पाँच महिनादेखि बेरोजगार !
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली