आफ्नै सक्रियतामा बीउ बैंक स्थापना
महोत्तरी - सीतापुर भङ्गहाका किसानले आफ्नै सक्रियतामा व्यावसायिक रुपमा बीउ बैंक स्थापना गरेका छन् ।
बजारबाट महँगो मूल्यमा खरिद गरेर ल्याएको बीउबिजनबाट ठगिएपछि उत्पादन बढाउन उनीहरुले आफै बीउ बैंक स्थापन गरेका हुन् । नक्कली बीउकै कारण उत्पादन घटेर पिरोलिएका किसान गढीमाई कृषि सहकारीमार्फत रैथाने जातको बीउ जोगाउनमा लागेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले किसनालाई ५० प्रतिशत अनुदानमा आधुनिक जातको मूल बीउ उपलब्ध गराएको जढीमाई सहकारीका अध्यक्ष सत्यनारायण यादवले बताए । यसअघि यहाँका किसान भारतीय बजारको बीउमा निर्भर थिए । सो बीउ बैंकको पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले हालै उद्घाटन गरे ।
“बजारको बीउमा धेरैपटक ठगियौँ, लगानी नै डुब्यो” स्थानीय विजयकुमार महतोले भने । बीउ भण्डारण केन्द्र स्थापना भएपछि किसानलाई बीउ खरिद गर्न सजिलो भएको छ । उत्पादनका लागि बीउ भण्डारण कक्ष, पावर टेलर, बीउ ग्रेडिङ गर्ने मेसिन, सिड ड्रिललगायतका करिब रु १० लाख बराबरको उपकरण सहकारीमार्फत किसानलाई उपलब्ध गराएको वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताए।
रातो बासमती, सोवरण सव एक, राम, हर्दिनाथलगायत धानका बीउ तयार गरिँदै छ भने ८० क्विन्टल धानको बीउ भण्डारण गर्न लागिउको सहकारीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई
-
‘कहाँबाट निम्ता आयो, कहाँबाट आएन भनेर गिर्नुपर्ने अवस्था आयो’